नेपाल शसस्त्र प्रहरी बल  लागि १० देखि १२ रोपनी आवस्यक जग्गा उपलब्ध हुने

सुकमाया थापा
डोल्पा :जिल्लामाविभिन्न समयमाहुने अपराधिक घट्नाहरुलाई न्युनिकरण गर्नुका साथै जिल्लामाशान्तिअमनचयनकायम गरी राख्नकालागिडोल्पाको सदरमुकामदुनैमाशसस्त्र प्रहरी बल स्थापनाभएको छ ।

नेपाल शसस्त्र प्रहरी बल ४६ नं.गुल्म डोल्पाकालागिआवश्यक पर्ने जग्गाठुलीभेरी नगरपालीकाकाउपप्रमुख योगेन्द्रबहादुर शाहि,लक्ष्मीकुमारी शाहि, जितेन्द्रबहादुर शाहि, दिपेन्द्रबहादुर शाहि र स्वर्गीय रतनकुमारी शाहिले उपलब्ध गराउने भएका छन् । जग्गादाताहरुकोआफ्नो नाममा रहेकोडोल्पाक्याम्पस नजिकको जग्गा शसस्त्र प्रहरी बल गुल्मलाई निशुल्कउपलब्ध गराउनेजग्गादाताहरुले निर्णय गरेको जिल्लाप्रशासनकार्यलय डोल्पाले जानकारी दिएको छ ।

सो आवश्यकजगाको लागिउपलब्धिको लागिदेशमाशान्ति शुरक्षागर्नको निम्तिअर्ध सैनिक सुरक्षानिकायको आवश्यकता ठानेरनेपाल सरकारले संविधानमै व्यवस्था गरी नेपालका७७ वटै जिल्ला सदरमुकामहरुमानेपाल शसस्त्र प्रहरी बल परिचालनभइसकेको छ । सोहीबमोजिम डोल्पामापनि शसस्त्र प्रहरी बल स्थापनाभएकोनेपाल शसस्त्र प्रहरी बल ४६ नं.गुल्मकाप्रहरी नायवउपरीक्षक खगेन्द्र चन्दले बताउनु भयो ।
भौगोलीकहिसाबले ठुलो,प्राकृतिक सौन्दर्यताले भरीपुुर्ण डोल्पाजिल्लामा सुरक्षाको लागि क्याटो र मोरीम्लासिमानाको नाकामा शसस्त्र प्रहरी बल बस्ने निर्णय गरेको प्रजिअभुपेन्द्र थापाले बातए ।

साथै राष्ट्रिय अनुसन्धानकार्यलय डोल्पापनिहालसम्मजिल्लाप्रशासनकार्यलयको एउटा कोठामा रहेर कामगरिरहेको हुदा सो कार्यलयको लागिपनिआफ्नो छुटटै कार्यलय भवनलाई आवश्यक पर्ने जग्गा ठुलीभेरी नगरपालपालीका वडा नं ३का वडा अध्यक्ष अर्णबहादुर न्यौपानेको नाममा रहेको पुर्वमामौरी घार, पश्मिमाआफनै जग्गा ढिक, उत्तरमामहिला सहकारी को भवन र दक्षिणमा ढिकयतिचर किल्लामा रहेको २ रोपनिजग्गानिशुल्कउपलब्ध गराउने निर्णय जग्गाधनीले गरेको जिल्लाप्रशासनकार्यालय डोल्पाले जनाएको छ ।

जग्गाउपलब्ध गराउने सम्बन्धमा बसेको छलफलमाप्रजिअभुपेन्द्र थापा, साहायकप्रजिअलक्ष्मीशर्मा,जिल्ला समन्वय समिति डोल्पाकाप्रमुख सेरबहादुर बुढा, उपप्रमुख नरबहादुर बुढा, प्रहरी नायवउपरीक्षकअवदेश विष्ट, शसस्त्र प्रहरी नायवउपरीक्षक खगेन्द्रबहादुर चन्द, ठुलीभेरी नगरपालीकाकाउपप्रमुख योगेन्द्रबहादुर शाहि, ठुलीभेरी नगरपालिकावडा नं ३ का वडा अध्यक्ष अर्णबहादुर न्यौपाने पूर्व सभासददुधकुमारी हमाल, मालपोत कार्यलयकाप्रमुख सञ्चारकर्मि लगाएत सरोकारवालाहरुको सहभागिता रहेको थियो ।





error: Content is protected !!