गरिवका लागि उपचार कोष स्थापना

सञ्जय के सी
जाजरकोट , गरिव, असाह्य, अपाङ्ग र लाखै खर्च हुँने रोगीका लागि नलगाड नगरपालिकाले एक अक्षय कोष स्थापना गरेको छ ।
नगरपालिका भित्रका आर्थिक रुपमा विपन्न भएका , दलित , महिला तथा अल्पसंख्यक समुदायका विरामीलाई अक्षय कोषबाट उपचार गरिने नगरपालिकाका प्रशासकीय अधिकृत सुरेन्द्र सिंहले जानकारी दिए । यो भन्दा अगाडी यहाँका जनप्रतिनिधीले आफ्नो ,तलव भत्ताबाट विरामीलाई उपचार खर्च उपलव्ध गराउँदै आएका थिए । कडा खालका ५ बटा रोग लागेका विरामीलाई अक्षय कोषबाट उपचारमा वढी जोड दिईने उन बताए । रोग लागेर कसैको पनि अकालमै मृत्यू हुँन नदिनका लागि यस्तो व्यवस्था गरिएको नगरप्रमुख टेकवहादुर रावलले बताए । आर्थिक अवस्था कम्जोर भएका अधिकांश स्थानीयहरु रोग लुकाएर मृत्यू हुँनेको संख्य ठुलो भएकाले यस्तो व्यवस्था गर्न वाध्य भएको उनको भनाई छ ।
पायक पर्ने ठाउँमा स्वास्थ्य संस्था नहुँनु र अधिकांश ठाउँमा अझै पनि धामी ,झाँक्रीको विश्वास गर्ने भएकाले उपचारमा समस्य भएको उनको भनाई छ । जनचेतनामुलक कार्यक्रम र अभावको भुमरीमा परेकालाई उपचारका लागि संगै लिएर काम अगाडी बढाएको तर्क छ । स्वास्थ्य संस्थामा औषधीको अभाव हुँन नदिनु र स्वास्थ्यकर्मी नियमित वस्ने अवस्था सिर्जना गर्नु पहिलो कामका रुपमा लिएर कार्ययोजना अगाडी वढेको नगरप्रमुख रावलले बताए । अहिले कार्यपालिकाका सवै सदस्यले सेवा प्रवाह सहज बनाउनका लागि आफु पनि खटिनु परेको उनको दावी छ ।
हामी जागिर खान मात्र नआएको भन्दै उहाँले जनताको मजदुर भएर काम गर्ने बताए। महिला स्वायमसेविक र स्वास्थ्यकर्मीलाई समेत नगरपालिकाले सहज रुपमा जनतालाई उपचारका लागि बातावरण सिर्जन ागर्नका लागि अनुरोध गरिएको प्रशासकीय अधिकृत सिंहले बताए । औषधी र उपकरणको विषयमा सवै कुरा हल गरिने तर कुनै पनि वहाना बनाएर सेवा दिनबाट उम्कने नमिल्ने उनको भनाइ छ । त्यस्तै छेडागाड नगरपालकाले पनि उपचार कोष स्थापना गरि आर्थिक अवस्था बिपन्न भएकालाई उपचारमा सहयोग गरेको नगरप्रमुख लालवहादुर महतराले जानकारी दिए । अव २५ शैयाको हस्पिटल बनाउने अभियानमा समेत लागेको उनको भनाई छ । नगरपालिका भित्र उपलव्ध स्वास्थ्य संस्थाको स्तरउन्नती र स्थानीयको जनचेतना मौलाउनु आफ्नो मुख्य काम भएको यनको भनाई छ ।








