जनप्रतिनिधीको तलव भत्ता जीप दुर्घटनाका पिडितलाई

लेख बुढा
डोल्पा ः त्रिपुरासुन्दरी नगरपालिकाका सम्पुर्ण जनप्रतिनिधिहरले आफ्नो सेवा सुविधा कटाएर जीप दुर्घटनामा ज्यान गुमाएका आफन्तहरुलाई राहात दिने निर्णय गरेका छन् ।
यहि कार्तिक १९ गते डोल्पाको ठुलीभेरी नगरपालीका वडा नं ९ कालागौडाको वतासे डाडामा सदरमुकाम दुनै देखि त्रिपुरा सुन्दरी नगरपालिकाको सुपानी जानेक्रममा जिप ठुलीभेरीमा खस्दा त्रिपुरा सुन्दरी नगरपालीका १० जनाको मृतु भएको थियो ।
नगरपालीकाको मंगलबारमो वैठकले मृतक प्रति श्रदान्जली व्यक्त गर्दै मृतकका आफन्तहरुलाई प्रत्यकलाई १० हजारको दरले १ लाख राहात दिने निर्णय गरेको छ । डोल्पा जिल्लामा नै पहिलो स्थानियतहका जनप्रतिनिधिहरुले आफ्नो सेवा सुविधा कटाएर पिडितलाई राहात उपलब्ध गराउने निर्णय गरेको हो ।

मंगलबारको नगर बैठकले नगर प्रमुख ओम बहादुर बुढा बाट रु ५ हजार, नगर उपप्रमुख चन्द्रा कुमारी बुढा बाट रु ५ हजार, सवै वडा अध्यक्षहरु बाट रु ३ हजार, नगरकार्यपालीका सदस्य बाट रु २ हजार, अन्य सदस्य बाट रु १ हजार र प्रमुख प्रशासकीय अधिकृतबाट रु ५ हजार रुपैया मृतकका आफन्तहरुालई राहात उपलब्ध गराउने निर्णय भएको त्रिपुुुरा सुन्दरी नगरपालीका का निमित्त प्रशासकीय अधिकृत हिराचन्द्र धरालाले जानकारी दिनु भएको छ । तिहारको मुखमा नगरपालीकाले महत्वपुर्ण व्यक्तीहरु गुमाउनु परेको भन्दै सिँगो नगरपालीका सोक मा रहेको भन्दै यहि कार्तिक २८ गते बुधबार विहाना १ मिनेट मौनधारण र नगरपालीकाको कार्यालय,नगरका विभिन्न वडा कार्यालयहरु एक दिनको लागी बन्द गर्ने निर्णय गरेको निमित्त प्रशासकीय अधिकृत धरालाले बताउनु भयो । सोही जिप दुर्घटनामा व्यपत्ता भएकी त्रिपुरा सुन्दरी नगरपालीका वडा नंं।९ की अमिना बुढा मगरको सिघ्र खोजी कार्यको लागी सँम्बन्धीत निकायमा पहल गराउने निर्णय भएको त्रिपुरा सुन्दरी नगरपालीकाले जनाएको छ ।

दुनै सुपानी सडक खण्ड अन्तरगत कालागौडाको वतासे डाडामा यहि कार्तिक १९ गते भे १ च १६१० नम्वरको जिप दुर्घटनामा त्रिपुरा सुन्दरी नगरपालीका का ९ जनाको घटना स्थलमै ज्यान गएको थियो भने एक जना अझै व्यपत्ता अवस्थामा रहेकी छन । सोही दुर्घटनामा ठुलीभरी नगरपालीका वडा नं। ५ माझफालका भद्र रोकाया सहीत १० जनाको मृतु एक व्यपत्ता दुई जना घाईते भएका थिए । यो डोल्पा जिल्लाको सवै भन्दा ठुलो सडक दुर्घटना हो भने डोल्पा जिल्ला सोक मा डुवेको छ । सोही पछी जिप सन्चालनमा रोक लगाईएको छ ।





error: Content is protected !!