डोल्पाको बतासे ओडारमा जीप दुर्घटना ः१० को मृत्यु २ जना घाइते

सुकमाया थापा
डोल्पा ः डोल्पामा भे १ च १६१० नंम्बरको जिप दुर्घटनाग्रस्त भएको छ ।सदरमुकाम दुनैबाटबाट १२ जनायात्रु बोकेर त्रिपुराकोटतर्फ जाँदै गरेको जिप ठुलीभेरी नगरपालिका वडा नं ९ मा पर्ने कालागौँडा नजिकैको बतासे वडारमा दुर्घटना भएको हो ।
बस सडकबाट करिब पन्ध्र मीटर तल ठुलीभेरी नदिमा खसेको प्रहरी चौकी कालागौँडाले जनाएको छ । दुर्घटनामा परि १० जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन ।घाईते ड्राईभर सहित एक जनाको उपचारकोलागि जिल्ला अस्पताल दुनैमा लगिएको छ ।
मृत्यु भएका १० जनाको शब निकालेर पोष्टमाडमकोलागि दुनैतर्फ लगिएको र शबको सनाखतहुन बाँकी रहेको प्रजिअ भुपेन्द्र थापाले जानकारी दिनुभयो ।



सुकमाया थापा






