नेकपाका जनप्रतिनिधि ३७ किलो चरेससहित समातिए

रुपन्देही । जनप्रतिनिधिसहित तीन जनाको साथबाट प्रहरीले ३७ किलो लागूऔषध चरेस बरामद गरेको छ । शनिबार साँझ बुटवल बेलवास शान्तिचोकबाट चरेससहित अर्घाखाँचीको पाणिनी गाउँपालिका वडा नं ५ का वडा सदस्य टिकाबहादुर रास्कोटी मगर, बाग्लुङका जनक घर्ती र कपिलवस्तुको बाणगंगाका नहारी थारु पक्राउ परेका हुन् ।
उनीहरुमाथि थप अनुसन्धान सुरु गरिएको प्रहरीले बताएको छ । मगर तत्कालीन नेकपा एमालेको तर्फबाट निर्वाचित वडा सदस्य हुन् । तत्कालिन एमाले र तत्कालिन माओवादी केन्द्र मिलेर अहिले नेपाल कम्युनिष्ट पार्टी ९ने क पा० बनेको छ ।










