रक्सीको बोतल हानाहानमा कांग्रेस नेता एवं स्याङ्जाको चापाकोट नगरपालिकाका मेयर घाइते

कालिकोट । नेपाली कांग्रेसका नेता समेत रहेका स्याङजाको चापाकोट नगरपालिकाका मेयर शिवकुमार गिरी रक्सीको बोतलले कुटिएका छन । होटलमा बसेर होहल्ला गरिरहेका मेयर गिरीसहितको टोली कालिकोटमा रहेको सनलाइट होटलमा कुटिएको हो । रक्सी खाएर हल्ला गर्ने दुर्इ टोलीबीच झडप भएको त्यहाँको प्रहरीले जनाएको छ ।

शनिवार राति रक्सी खाएर विवाद गर्दा कुटपिट भएको जिल्ला प्रहरी कार्यालय कालिकोटका डिएसपी विनोद शर्माले बताए । शर्माका अनुसार शनिवार राति करिब १० बजे मेयर गिरी सहितको टोली रारा ताल घुमेर सनलाइट होटलमा बास बस्न पुगेको थियो। होटलमा मेयरसहित पुगेको टोलीले रक्सी खाएर होहल्ला गरिरहेका थिए ।




सम्बन्धित समाचार


error: Content is protected !!