उन्नत विउँमा किसानको आक्रर्षन , भेरी नगरपालिका वाँड्याे उन्नत जातकाे बीउ


जाजरकोट ः नेपालगन्ज र सुर्खेतका बजारमा जाजरकोटको तरकारीको माग वढीरहेको अवस्था यहाँका किसानहरु उन्नत जातको तरकारी खेतीमा जुटेका छन ।
आम्दानीको राम्रो स्रोत भएको तरकारी खेतीबाट यहाँका किसानहरु ध्यान अहिले उन्नत जातको तरकारी उत्पादन तीर भएको बताएका छन् ।

दुई बर्ष अघि दैनिक साझ विहानको छाक टार्न मुस्कल हुँने भेरी नगरपालिका वडा १ का कालीवहादुर राना अहिले तरकारी खेतीबाट जीवनस्तर परिर्वतन भएको छ । उनले तरकारी विक्री गरि छोरा,छोरीलाई नीजि विद्यालयमा पढाएका छन् , अहिले विहान के खाने र साँझा के खाने भन्ने चिन्ताबाट मुक्त भएको उनको भनाई छ । कालीवहादुर जस्तै यहाँका दर्जनौ किसानहरु तरकारी खेती तर्फ लागेका छन् । उनीहरुको ध्यान आफ्नो बारीमा रहेको तरकारी कसरी राम्रो बनाएर बजारीकरण गर्ने भन्ने मात्र रहेको छ । विहान उठन वित्तिकै आफ्नै बारीमा उत्पादन भएको तरकारी खाना पाउँदा सवै भन्दा गर्व र आनन्द आउँने गरेको स्थानीय रामवहादुर रानाले बताए । दुई वर्ष अघि सम्म तरकारी नपाएर नुन र आयमित आलु महंगोमा खरिद गरि लोभ मानेर खाने यहाँका किसानहरुको अहिले जीवन फेरिएको छ ।
आफ्नै बारीको तरकारी गाडीमा राखेर विक्री गरी सवेरै हात भरी पैसा ल्याउदा परिबारमा खुसी समेत छाउँने गरेको छ । अव एक जोड कपडा लगाउनका लागि अर्काको काम गर्न गर्नुपर्ने अवस्था अन्त्य भएको अर्का किसान मनवहादुर पुनले बताए । तरकारी खतीले गर्दा बारीमा पैसा ल्ल्याएर विक्रेताहरु पुग्ने गरेको खुसी उनको छ । त्यस्तै भेरी नगरपालिकाको मटेला , ईवर , लगाएतका ठाउँमा २ हजार किसानले तरकारी खेती गरी आम्दानी गरिरहेका छन् । अहिले भेरी नगरपालिकाले यहाँका किसानरुलाई थप व्यावसायिक बनाउनका लागि नयाँ उन्नतजातको विउँ वितरण गरेको छ । सवै निशुल्क वितरण गरिएको विउँमा किसानको मागमा आधारित रहेर काम गरिरको नगरप्रमुख चन्द्रप्रकास घर्तीले बताए । २ हजार भन्दा वढी किसानले अहिले नगरपालिकाबाट उन्नत जातको तरकारीको विउँ निशुल्क रुपमा पाएको उनको भनाई छ । नगरप्रमुख घर्ती विउँ दुरुपयोग हुँन नदिन आफै किसानको घरमा पुगेको समानुपातिक रुपमा वाँडिएको बताउँछन् ।
वेमौसमी तरकारी र अन्य मौसमी तरकारीको विउ वितरण गरिएको छ । जाजरकोटको तरकारी बाहिर लिएर विक्र िगरी भरी नगरपालिकाको किसानको आन्तरिक आर्यार्जन राम्रो गराउन नगरपालिका सचेत भएको उनको भनाई छ । किसानलाई आधुनिक सामग्रीहरु समेत वितरण गरिएको छ । औषधी जन्य पदार्थहरु तरकारीमा राख्नका लागि विभिन्न उपकरण वितरण गरिएको उनले बताए । किसानको बारी ,बारीमा कृषि प्राविधिक पुगेर किसानका मर्का समेत वुझने काम सुरु भएको नगरपालिकाले बताएको छ । संमृद्ध नगर बनाउनका लागि हामी आफै जुट्ने हो , काम गरेमा मात्र फल पाईन्छ नगरप्रमुख घर्तीले भने ।




सम्बन्धित समाचार


error: Content is protected !!