सरकारद्धारा सार्वजानिक नयाँ पर्यटकिय गन्तब्यमा डोल्पाका तीन सम्पदा

डोल्पा :सरकारले देशभरका पर्यटकिय गन्तब्यको सुची सार्वजानिक गरेको छ ।
उक्त सुचीमा डोल्पाको शे–फोक्सुन्डो निकुञ्ज,त्रिपुरा सुन्दरी मन्दिर,रारा–फोक्सुन्डो मार्ग नयाँ गन्तब्यको रुपमा छनोटमा परेका हुन् ।
संस्कृति,पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले प्राकृतिक,पुरातात्विक,ऐतिहाँसिक तथा धार्मिक महत्वका आधारमा देशभरबाट नयाँ एक सय पर्यटकिय गन्तब्य छनोट गरेको थियो ।
नेपालकै ठुलो निकुञ्जको रुपमा रहेको शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्ज प्राकृतिक,धार्मिक,साँस्कृतिक,ऐतिहाँसिक तथा जैविक बिविधताले भरिपुर्ण सुन्दर गन्तब्यको रुपमा परिचित छ ।

देशकै गहिरो शे–फोक्सुन्डो ताल,सुलिगाड झरना लगाएतका चर्चित प्राकृतिक सम्पदाहरु प्नि यसै निकुञ्ज भित्र पर्दछन् ।
अर्को गन्तब्यको रुपमा सुचिकृत त्रिपुरा सुन्दरी मन्दिर ईस १११४ सालमा उत्पति भएको ईतिहाँसमा उल्लेख छ ।
मन्दिर जन्माउने मन्दिरको रुपमा परिचित नेपालकै प्रशिद्ध शक्तिपिठ मध्येभित्रपर्ने यस मन्दिर पछिल्लो समयमा धार्मिक पर्यटनको प्रमुख गन्तब्य बन्न सफल भएको छ ।
शे–गुम्बा,संसारकै अग्लो मानवबस्ती,जगदुल्ला ताल ,सुनदह ,राजारानी क्षेत्र लगाएतका दजर्नौ चर्चित पर्यटकिय सम्पदाहरु डोल्पामा पर्दछन् ।
सरकारले स्थापित तथा प्रवर्दन गर्नुपर्ने र नयाँ बिकासगर्न आवाश्यक भएको भन्दै देशभरबाट दुईसय नयाँ र पुराना गन्तब्य पहिचाहान गरिएकोमा नयाँ गन्तब्यमात्रै एकसय रहेकाछन् ।रामचन्द्र न्यौपाने




सम्बन्धित समाचार


error: Content is protected !!