बिद्यार्थीका लागि सौर्य टुकी लिएर डोल्पा पुगे बिद्यार्थी नेता

त्रिपुराकोट(डोल्पा) :दुर्गम हिमाली जिल्ला डोल्पामा अध्ययनरत बिद्यार्थीकालागि सौर्य टुकी बितरण कार्यक्रम लिएर बिद्यार्थी नेता योगेन्द्र बुढा डोल्पा पुग्नुभएको छ ।
जिल्लाका पन्ध्रवटा माध्यामिक बिद्यालय मध्ये पहिलो चरणमा ठुलीभेरी नगरपालिकामा पर्ने दुईवटा बिद्यालयमा ११ लाख २५ हजार मुल्य बराबरका सौर्य टुकी बितरणगर्ने कार्यक्रम अनुरुप नेपालगंञ्जबाट सामान सहित जहाज चार्टर गरेर बिद्यार्थी नेता बुढा डोल्पा पुग्नुभएको हो ।

सदरमुकाम दुनैमा रहको सरस्वती मावि र आदर्श माबि जुफालमा अध्ययरत दुईसय पचासजना बिद्यार्थीलाई सौर्य टुकी बितरण कार्यक्रम अन्तर्गत प्रति बिद्यार्थी एकथानका दरले सोलार बाँडिएको हो ।
कक्षा ९ र १० मा अध्ययनरत बिशेष गरेर आगामी एस.इ.ई परीक्षामा सामेलहुने गरिब,जेहेन्दार, दलित अल्पसङ्ख्यक र पिछडिएका बर्गका बिद्यार्थीको पढाइलाई लक्षितगर्दै प्रति बिद्यार्थी दश वाटको सोलार बाँडिएको बुढाले बताउनुभयो ।
सो कार्यक्रम अन्तर्गत सरस्वती माविमा १ सय थान र आदर्श माविमा १ सय ५० थान सोलार बितरण गरिएको थियो ।
सरस्वती मावि दुनैमा बिहिबारनै सोलार बितरण गरिएको थियो भने आदर्श माबि जुफालमा शुक्रबार बिशेष कार्यक्रमका बिच बितरण गरिएको थियो ।
अखिल(क्रान्तिकारी)का केन्द्रिय सदस्य समेत रहेका बुढाका अनुसार सदरमुकाम दुनै र एयरपोर्टमा भरपर्दो बत्तीको सुविधा नहुँदा बिद्यार्थीको पठनपाठनमा समस्या हुँदै आएको कुरालाई ध्यानमा राखेर उनीहरुको सुनौलो भविश्य निर्माणकालागि सहयोग पुग्ने भन्दै बैकल्पि उर्जा प्रवर्दन केन्द्रसँग समन्वय गरेर कार्यक्रम पारिएको हो ।
बिद्यार्थीको हातहातमा सोलार पुगेपछि उनीहरुमा खुशीयाली छाएको छ ।
“यो भन्दा अगाडी घण्टौ लोडसेडिङ हुन्थ्यो,बत्तीको सुविधा नहुँदा बेलुकी पढ्न समस्या हुन्थ्यो,स्कुलमा सरहरुले दिएको गृहकार्यपनि छुट्थ्यो” आदर्श मावि जुफालमा कक्षा १० मा अध्ययनरत अमर डाँगीले भन्नुभयो ।
“सोलार पाएपछि हामी खुशी छौँ,राती अबेरसम्म पढ्न पाईने भएकाले शिक्षाको गुणस्तरमा सुधारहुने अपेक्षा छ,गृहकार्य नछुटेपछि सरहरुको माया पाउनेछौँ ।”
सोही बिद्यालयमा कक्षा ९ मा अध्ययनरत बिद्यार्थी निम बहादुर बिकका अनुसार “घण्टौँ लोडसेडिङका कारण आजको युगमा पनि दियालोको भरमा पढ्नुपर्ने बाध्यता थियो,निशुल्क रुपमा पाएको सोलारको सही सदुपयोग गरेर भविश्यमा ठुलो मान्छे बन्ने सपना छ ।”
दुर्गम ठाँउमा अध्ययन्गर्ने बिद्यार्थीकालागि भनेर लाखौँ मुल्यका सोलार ल्याएर बितरण गरेको भन्दै शिक्षक र बिद्यार्थीले भव्य स्वागतका साथ बिद्यार्थी नेता बुढाप्रति आभार समेत ब्यक्त गरेका थिए ।
सोलार बितरण कार्यक्रममा बोल्दै बुढाले कार्यक्रम नपरेका १३ वटा माध्यामिक बिद्यालयकालागि पहलगर्ने प्रतिबद्धता जनाउनुभयो ।
त्यतिमात्रै नभई आजभोलीको युग कम्प्युटरको युग भएकाले १३ वटै माविमा कम्प्युटर चलाउनकोलागि धेरै क्षमताका सोलार बितरणकालागि पहल गरिरहेको समेत उहाँले जानकारी दिनुभयो ।
डोल्पाको बिकासकालागि प्रत्यक्ष रुपमा योगदान पु¥याउँदै आएका बुढाले साविकको माझफाल गाविसमा मोवाईल टावर निर्माणकालागि एक बर्ष अगाडी सम्पुर्ण सामानहरु चार्टर गरेर ल्याएका थिए ।
बिभिन्न भौगोलिक कठिनाईका बाबजुत टावर निर्माणकार्य अन्तिम चरणमा पुगेकाले छिटै संञ्चालनमा आउने समेत बताईएको छ ।
जनप्रतिनिधि,बि.ब्य.स पदाधिकारी,प्रअ,शिक्षा प्रेमी लगाएतका सरोकारवालाहरुको उपस्थितिमा सोलार बितरण गरिएको थियो ।रामचन्द्र न्यौपाने





error: Content is protected !!