तीन दिन देखि अवरुद्ध जि.एस.एम टावर संञ्चालनमा

डो
ल्पा :दुर्गम जिल्ला डोल्पामा तीन दिनदेखि अवरुद्ध भएको जि.एस.एम मोवाईल टावर संचालनमा आएको छ ।
ठुलीभेरी नगरपालिकाको जुफालमा राखिएको रेडियो लिंकको आई.डी.यु डिभाईस बिग्रेपछि जि.एस.एम फोन सेवा अवरुद्ध भएको थियो ।
उक्त नामको डिभाईस नेपालगंञ्जबाट जहाजमा मगाएर जडान गरेपछि टावर संञ्चालनमा आएको दुर संञ्चार कार्यालय डोल्पाका प्राविधिक नवराज भट्राईले जानकारी दिनुभयो ।
भौगोलिक रुपमा बिकट जिल्लामा संञ्चारको भरपर्दो माध्यामकको रुपमा रहेको मोवाईल टावर बिग्रेसँगै समस्यामा परेका सर्वसाधारणहरु टावर आएपछि खुशी भएकाछन् ।
उक्त टावरबाट त्रिपुराकोट,करेलीकाँडा ,रुम,लिकु,पहाडा,छल लगाएतका बस्तीका नागरिकहरु लाभान्वित हुँदै आएकाछन् ।रामचन्द्र न्यौपाने










