काँग्रेस जाजरकोटको चियापन

जाजरकोट / पार्टीको केन्द्रिय समितिको सिको गर्दै नेपाली काँग्रेस जाजरकोटले जिल्लामा चियानपान कार्यक्रमको आयोजना गरेको छ ।
पार्टीका सँस्थापक नेता विपी कोइरालाको मेलमिलापको नितिलाइ स्मरण गर्दै जाजरकोट काँग्रेसले शुक्रवार आफनै नेता कार्यकर्ताहरुको व्यापक उपस्थितिका विच चियापान कार्यक्रम गरेको हो । संघ, प्रदेश र स्थानीय तहको चुनाव सकिएको एक वर्ष सम्म निस्क्रिय रहेको काँग्रेसले स्थानीय गतिविधिहरुलाइ तिव्रता दिने अभियान अन्तरगत चियापानको आयोजना गरेको वताइएको छ । सदरमुकाम खलंगामा रहेका आफनै पार्टीका नेता, कार्यकर्ता र शुभेच्छुकहरुलाइ आमन्त्रण गरेर भव्य चियापान कार्यक्रमको आयोजना गरेको नेपाली काँग्रेस जाजरकोटका सचिव खडक विसीले वताए । उनले पार्टीको समसामयिक निती तथा कार्यक्रमका वारेमा आन्तरिक छलफल गर्न चियापान कार्यक्रम राखिएको वताए । पार्टी कार्यालय खलंगा थाप्ले स्थित विपी स्मृति भवनमा आयोजित चियापान कार्यक्रममा दुइ सय वढी नेता कार्यकर्ताहरुको सहभागिता रहेको सचिव विसीले वताए ।
चियापान कार्यक्रमका अवसरमा पार्टीको गाँउ तथा जनता जागरण अभियानलाइ जिल्ला व्यापी वनाउने वारे छलफल भएको सचिव विसीले वताए । उनले दुइ तिहाइको दम्भ देखाउने वाम सरकारले गरेका गलत कार्यहरु र जनतालाइ वाँडिएका झुठा आस्वासनहरुको वारे जनतालाइ जानकारी गराउदै पार्टी संगठन र जनजागरण अभियान तिव्र पार्न सवै नेता कार्यकर्ताहरु जनता र गाउँमुखी हुने वारेमा व्यापक छलफल गरिएको उनको भनाइ छ । एक वर्ष सम्म हामीले सरकारका गतिविधिहरु हेरयौं अव हामी जनताका विचमा गएर वस्छौं उनले भने ।
उनले अव आफुहरुले इतिहासले दिएका सवै जिम्मेवारीहरु पुरा गरेको काँग्रेसले गएको चुनाव हार्नुको कारणका विषयमा जनताकै विचमा गएर समीक्षा गरिने वताए । पार्टीका सस्थापक नेता विपी कोइरालाले भारतको निर्वासित जीवन छोडेर लोकतन्त्र र राष्ट्रियताका लागि नेपाल फर्किएपछि २०३५ साल देखि दशैंको कोजाग्रत पुर्णियमाको दिन चियापान गर्ने गरिएको काँग्रेस नेता वेदराज सिंहले वताए ।
उनले पार्टी भित्र राष्ट्रियता र एकताको भावना वलियो वनाउने उद्देस्यले प्रत्यक वर्ष चियापान कार्यक्रम गर्ने गरिएको वताए ।










