बडावनमा अस्पताल बन्दै

जाजरकोट ः कुमारी टष्टले छेडागाड ५ बडावनमा २५ शय्याको अस्पतालको निर्माण कार्यलाई जारी राखको छ । ५ करोड रुपैयाँ लागतमा एक वर्षअघि अस्पताल थालिएको थियो।

सर्वसुलभ स्वास्थ्य सेवा दिने उद्देश्यले कुमारी टष्टको लगानीमा अस्पताल बनाएको हो । मंसिरभित्र अस्पतालको भौतिक पूर्वाधारका सबै काम सकिने टष्टका संञ्चालक राजिवविक्रम शाहले दाबी गरेका छन्। ‘कम्तीमा एक जना एमडीजीपी गरेको डाक्टर राखेर सामान्य खालका शल्यक्रियासहित सेवा उपलब्ध गराउने तयारीमा छौं’, उनले भने।
कुमारी ट्रस्टले सञ्चालन गर्ने अस्पतालमा मासिक कम्तीमा ३० लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ। डाक्टर र स्टाफका लागि आवास, प्रशासनिक भवन, सोलार र जेनेरेटर राख्ने भवन पनि निर्माण गरिएको छ। भूकम्पप्रतिरोधी भवन निर्माणसँगै अस्पतालका लागि आवश्यक पर्ने २ करोड ५० लाख रुपैयाँका उपकरण पनि किनिएको छ।
अस्पताल निर्माण गरेपनि व्वस्थापनमा समस्य भएको टष्टले बताएको छ । दुर्गममा सेवा गर्ने स्वास्थ्यकर्मीको खोजिमा रहको टष्टले बतायो ।




सम्बन्धित समाचार


error: Content is protected !!