आंगनमै मोटर पुगेपछि स्थानीय उत्पादनले बजार पायो

सन्जय के सी
जाजरकोट (लुहादह), ः जुनिचाँदे गाउँपालिका वडा ४ लुहादहकी ५५ वर्षीय प्रेमकुमारी खड्का घर , आंगनमै मोटर पुग्दा दंग छिन् । उनले उत्पादन गरेका फलफुल, तरकारी र अन्नहरु सजिलै स्थानीय बजार सम्म लिएर विक्री गर्दा निकै खुसी भएको देख्न पाईन्छ ।
उनलाई सम्झना आउँछ , जाँन्ने भए देखि दुई महिना अगाडी सम्म आँगनमै फलेका तरकारी , फलफुल र अन्न बारीमै कुहिएर परिश्रम खेर आएको र दुख गरेको वस्तुले बजारको पहुँच नपाउँदा भएको पिडा खड्का ंसंग छ । अहिले आंगनमै मोटर पुगेपछि उत्पादित बस्तुहरु बजारमा विक्री गर्न सजिलो हुनुको साथै अर्थ उर्पाजन राम्रो भएको खड्काको भनाई छ । आफुले लगाएको सुन्तला , बदम, अम्वा , अमिलो र कोदो विहानै जीपमा चढेर वजार गई बिक्री गरी बेलुका घर पुग्दा छुट्दै आनन्द हुँने गरेको अर्का स्थानीय श्याम खड्काले बताए ।
धान उत्पादन कम हुँने यो गाउँमा अहिले मोटरमा बजारमा गई चामल ढुवानी गरी ल्याउन समेत सजिलो भएको उनको भनाई छ । जुनिचाँदे गाउँपालिकाको कोताङ, मजकोट लगाएतका दर्जन गाउँमा उत्पादन गरिएको वस्तुले मुल्य पाउँदा किसानहरु खुसी भएका छन् । अहिले गाउँपालिकाको प्रत्येक वडामा यातायातको पहुँच कायम गर्नका लागि सडक निर्माण कार्य जारी रहेको छ । सडकले हिड्न बाटो समेत छोट्याईदिएको छ । तरकारी र कोदो यहाँका स्थानीयको मुख्य उत्पादन हुँने गरेको गाउँपालिकाका अध्यक्ष कृष्णवहादुर केसीले बताए ।
नुन, तेल , चामल आयत गरिन्छ भने तरकारी, कोदो , फलफल निर्यात गरिने अध्यक्ष केसीले बताए । सडक सञ्जालले छोए संगै यहाँका किसानहरु व्यवसायिक बन्न थालेका छन् । जुनिचाँदे गाउँपालिकाले सडक र विद्युतलाई मुख्य योजना बनाएर काम गरिरहेको छ । जिल्लाको अत्यन्तै विकट र दुर्गम मानिएको जुनिचाँदे गाउँपालिकामा विस्तारै विकासका मुलहरु फुट्न थालेपछि किसानहरु उत्साहित भएको स्थानीय अगुवा किसान प्रेमवहादुर बस्नेतले बताए । यहाँका स्थानीयले टेलिफोन र स्वास्थ्य सेवा समेत प्रभावकारी बनाउन माग गरेका छन् ।
रुख र अग्लो डाडामा गएर फोन गर्नुपर्ने वाध्यता अन्त्य गर्न केन्द्र सरकार संग माग गरेका छन् । गाउँपालिकाका अध्यक्ष केसीका अनुसार स्वास्थ्य सेवा र टेलिफोन टावरका विषयमा धेरै पटक ताकेता गरिएको भएपनि माग सुनुवाई भएको छैन् । छेडा,थलह, चाँदे जुम्ला सडक निर्माण कार्य पुरा भएमा यहाँका स्थानीयले राम्रो फाईदा लिन सकिने अध्यक्ष केसीको भनाई छ । गाउँपालिकाको आन्तरिक बजेटले गाउँ , गाउँमा सडक निर्माण कार्य जारी रहेको उनको भनाई छ । अघेल्लो आर्थिक वर्षमा गाउँपालिकाको बजेटबाट ६० किलोमिटर भन्दा वढी सडक निर्माण गरिएको उनले बताए ।










