डोल्पामा मानवअधिकार शिक्षा

डोल्पा ः हिमाली जिल्ला डोल्पामा मानव अधिकारसम्बन्धी एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।

मानव अधिकार संगठन डोल्पाले आयोजना गरेको उक्त प्रशिक्षण कार्यक्रममा सहभागिता जनाएका जनप्रतिनिधि, सुरक्षा संगठनका पदाधिकारी, नागरिक अगुवा, सञ्चारकर्मी, विद्यार्थी, सर्वसाधारण लगायतका सरोकारवाला व्यक्तिलाई मानव अधिकार संरक्षणसम्बन्धी आधारभूत कुराहरूको जानकारी गराइएको थियो। डोल्पालाका जनप्रतिनिधिलाई नै मानव अधिकार शिक्षासम्बन्धी न्यून जानकारी रहेको बताउँदै केन्द्रबाट प्रशिक्षण कार्यक्रममा डोल्पा पुगेका प्रोफेसर डाक्टर गोविन्दप्रसाद ढकाल र अधिवक्ता कल्याण पोखरेल स्थानीय सरकार प्रमुखका रूपमा रहेका जनप्रतिनिधिहरूले मानव अधिकारसम्बन्धी आधारभूत ज्ञान लिनुपर्ने बताए।

संघीयतामा न्यायिक अधिकार नै स्थानीय सरकारलाई पाएकाले मानव अधिकार सहितको न्याय दिलाउनुपर्ने उसको कर्तव्य भएको बताइएको थियो। सरोकारवालाको उपस्थितिमा भएको प्रशिक्षण कार्यक्रममा संविधानमा व्यवस्था गरिएका मौलिक हक र देवानी सहिंता ऐनमा उल्लेख गरिएका कानुनी व्यवस्थाबारे समेत जानकारी दिइएको थियो।




सम्बन्धित समाचार


error: Content is protected !!