अस्पतालको शैय्याबाट प्रधानमन्त्रीले भने– म छिट्टै अस्पतालबाट फर्किने छु, अनावश्यक प्रचारबाजी मलाई थाहा छ

काठमाडौं , प्रधानमन्त्री केपी ओलीले आफू अस्पतालबाट छिट्टै फर्किने बताएका छन् । उनले मनामोहन अस्पतालबाट वक्तब्य जारी गरी भनेका छन्,‘चिकित्सकहरुले मलाई दिनुभएको जानकारी अनुसार म छिट्टै नै अस्पतालबाट फर्किने छु र तपाई हामीले देखेको समृद्ध नेपालको साझा सपना साकार पार्ने कामको नेतृत्वमा सक्रिय हुनेछु ।’
उनले आफ्नो स्वास्थ्य अवस्थालाई लिएर गलत प्रचार गरेको भन्दै रोष प्रकट गरेका छन् । अस्पतालको शैय्याबाट बक्तव्य जारी गर्दै प्रधानमन्त्री ओलीले भने,‘सामाजिक सञ्जाल तथा केही कुत्सित मनसाय बोकेका डिजिडल मिडियाबाट मेरो स्वास्थ्य अवस्थाका बारेमा गरेका आधारहीन प्रचार तथा विषयलाई अनावश्यकरूपमा सनशनीपूर्ण बनाएर गरिएको प्रचारबाजीको मलाई जानकारी छ ।’ उनले मुलुकको केही भागमा घटेको अनपेक्षित घटनाप्रति सम्बेदनशिल रहेको पनि अस्पतालबाट बताएका छन् ।











