गौतमबुद्ध अन्तराष्ट्र्रिय विमानस्थलको ‘रनवे’ कालोपत्रे सुरु

भैरहवा,
भैरहवामा निर्माणधिन गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलको कालोपत्रे पिच को काम मंगलबारदेखि सुरु भएको छ ।
२०१९ को जुलाई १६ अघि नै संचालनमा ल्याउने लक्ष्य राखिएको बिमानस्थलमा मंगलबार नेपाल सरकारको पर्यटन मन्त्री रबिन्द्र अधिकारीले पिच कामको सुरुवात गरे । बिमानस्थलमा रहेको ३ किमी रन वेको सव बेस लेयर र बेस लेयर पूरा गरेर अहिले आयोजनाले पिचको काम सुरु गरेको हो ।

 

 

२०७१ माघमा सिलन्यास भएको बिमानस्थल २०७४ पुस मसान्त भित्र पूरा गर्नुपर्ने भएतापनि बिभिन्न अवरोधका कारण हुन सकेको छैन । पछिल्लो समय भने बिमानस्थलको निर्माणको काममा तीव्रता आएको छ । अहिलेसम्म बिमानस्थलमा निर्माण कार्य ५५ प्रतिशत सकिएको छ ।

विमानस्थल निर्माण कार्यअन्तरगत अहिले निर्माण भइरहेको रन वे १ दशमलव २५ मिटर उचाई, ३ हजार मिटर लम्बाई तथा ७० मिटर चौडाइको हुनेछ । चौडाइतर्फ दुवै किनारमा १५/ १५ मिटर छाडिने छ । तीन हजार मिटर लामो रन वेको दुवैतिर तीन सय,तीन सय मिटर विमान सुरक्षाका लागि रन वे एण्ड सेङ्खटी एरिया(रेसा) निर्माणको पनि काम भइरहेको छ ।

 

 

सरकारले रनवे पिचको काम ६ महिना भित्र पूरा गर्न आयोजनालाई निर्देशन दिएको जानकारी मन्त्री रबिन्ı अधिकारीले दिए । पिचको काम ४ महिना भित्र पूरा गर्ने लक्ष्य रहेको जानकारी आयोजनाका निमित्त प्रमुख इन्जिनियर प्रवेश अधिकारीले जानकारी दिए । ६ महिनापछि बिमानस्थलको रनवे सकिएपछि आन्तरिक उडान सुरु हुने जानकारी मन्त्री अधिकारीले दिए । आन्तरिक उडानपछि सबै पक्रिया पूरा गरेर अन्तराष्ट्रिय उडान सुरु गर्ने उनले प्रतिबद्धता जनाए ।

मन्त्री अधिकारीले थाइलेन्ड लगायतका धेरै देशले गौतमबुद्ध अन्तराष्ट्रिय बिमानस्थनमा आउन इच्छा देखाएकोले सरकारले पनि सोही अनुरुप नयाँ सम्झौताहरु यस बिमानस्थलकै लागि भनेर पहलकदमी अघि बढाएको बताए ।

 

 

 

 

अहिले प्रशासकीय भवन, कन्ट्रोल टावर, धावनमार्ग, अन्तराष्ट्रिय टर्मिनल भवनको निर्माण कार्य अन्तिम चरणमा पुगेको आयोजनाले जनाएको छ । कूल ६ अर्ब २२ करोड रुपैयाँ लागतको यो विमानस्थलमा एडिबीको ५४ करोड रुपैयाँ अनुदान रहेको छ । बाँकी चार अर्ब २० करोड रुपैयाँ ऋण सहयोग हो । विमानस्थलको निर्माणकार्य जिम्मा चिनिया ठेकेदार कम्पनी नर्थ वेष्ट सिभिल एभिएसनले लिएको छ ।




सम्बन्धित समाचार


error: Content is protected !!