प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार शिक्षण अस्पताल

काठमाडौं, स्वास्थ्यमा समस्या देखिएपछि सोमबार बिहान शिक्षण अस्पतालमा भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा सुधार आएको शिक्षण अस्पतालले जनाएको छ। अस्पतालले पत्रकार सम्मेलन गर्दै छातीमा संक्रमण र चिनीको मात्रा असन्तुलित भएको कारण अस्पतालमा भर्ना गरिएको पनि अहिले सुधार भएको जानकारी गराएको हो। प्रधानमन्त्रीको स्वास्थ्य सुधारोन्मुख र स्थिर रहेको शिक्षण अस्पतालमा कार्यकारी निर्देशक उत्तमकृष्ण श्रेष्ठले जानकारी गराएका हुन्। प्रधानमन्त्री ओली अस्पतालमा भर्ना भएदेखि पूर्वप्रधानमन्त्रीहरू पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल तथा कांग्रेस सभापित एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले अस्पताल पुगेर प्रधानमन्त्रीको स्वास्थ्यस्थितिबारे जानकारी लिएका थिए। अस्पतालमा पार्टीका नेता तथा कार्यकर्ताको घुँइचो लागेको थियो।

थाहा साभार

 

 

 

 

 

 

 

 

 

 




सम्बन्धित समाचार


error: Content is protected !!