जापानमा फेरि गयो भूकम्प

एजेन्सी टोकियो– दक्षिण जापानको टोरोशिमा द्वीपमा ५.४ म्याग्नीच्युडको भूकम्प गएको जापान मौसम विभागले सोमबार जानकारी दिएको छ । स्थानीय समयानुसार सोमबार बिहान १० बजेर २८ मिनेटमा उक्त भूकम्प गएको हो । यद्यपि, यस भूकम्पपछि सुुनामी चेतावनी दिइएको छैन ।

जापानमा सन् २०११ को मार्च महिनामा गएको ९.० म्याग्नीच्युडको भूकम्प पछिको सुनामीमा परी १७ हजार व्यक्तिको मृत्यु हुनुको साथै हजारौंको सङ्ख्यामा घाइते र वेपत्ता भएका थिए । –सिन्ह्वा




सम्बन्धित समाचार


error: Content is protected !!