यस्ता छन् नेपाल-मलेसियाबीचका श्रम सम्झौता

काठमाडौं,
नेपाल सरकार र मलेसिया सरकारबीच कामदार भर्ना, रोजगार र फिर्ता सम्बन्धी समझदारीपत्र ९एमओयू० मा सोमबार हस्ताक्षर भएको छ।
काठमाडौंको होटल हायातमा आयोजित समारोहबीच नेपालका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोर्कण विष्ट र मलेसियाका मानव संशाधनमन्त्री एम कुलासेगरानले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।

समझदारी पत्रमा उल्लेख गरिएका मुख्य बुँदा
समझादारी पत्र अनुसार मलेसिया कामदार पठाउँदा लाग्ने सेवा शुल्क, आतोजातो हवाई टिकट , भिसा शुल्क, स्वास्थ्य परीक्षण शुल्क, सुरक्षा जाँच लगायतका खर्च रोजगारदाता कम्पनीले ब्यहोर्नुपर्नेछ ।
रोजगारीका लागि मलेसियामा कार्यरत श्रमिक बिरामी र दुर्घटनामा परे रोजगारदाता कम्पनीले अनिवार्य क्षतिपूर्तिको व्यवस्था गर्नुपर्नेछ।
मलेसियाले लिँदै आएको लेबी अथवा होस्टेल चार्ज रोजगारदाताले बेहोर्ने, वार्षिक रुपमा तलब समायोजन गर्नुपर्ने विषय पनि एमओयूमा समावेश गरिएको छ।
मलेसिया जाने नेपाली कामदारका आफन्त आमाबुबा, श्रीमान् श्रीमती र छोराछोरी को मृत्यु भए कम्तीमा १५ दिनका लागि स्वदेश आउन पाउने व्यवस्था छ।
वैदेशिक रोजगारीका क्रममा कामदारको अंगभंग वा मृत्यु भएमा रोजगारदाताले नेपाली राजदूतावासलाई जानकारी गराउनुपर्ने व्यवस्था छ । कामदारको मृत्यु भएमा शव नेपाल पठाउने जिम्मवारी सम्बनिधत रोजगारदाताको हुनेगरी व्यवस्था गरिएको सभफदारी पत्रमा उल्लेख छ ।
समझदारीपत्रमा हस्ताक्षर भएसँगै गत जेठ महिनादेखि बन्द मलेसियाको श्रम स्वीकृति पुनः खुलेको छ।












