कालिकोटमा सामुदायिक प्रहरी साझेदारी कार्यक्रम सुरु


कालिकोट,
जिल्ला प्रहरी कार्यालय कालिकोटले सामुदायिक प्रहरी साझेदारी कार्यक्रम सञ्चालन गरेको छ । स्थानीय जनप्रतिनीधि, जनता र प्रहरीबीच समन्वय गरी समाजमा हुने अपराध न्युनीकरण गर्न सामुदायिक प्रहरी साझेदारी कार्यक्रम सञ्चालन गरिएको हो ।

नेपालको ७७ जिल्लामा नेपाल प्रहरीले सामुदायिक प्रहरी साझेदारी कार्यक्रम एकै साथ सञ्चालनमा ल्याएको छ ।
समाजमा हुने गरेको अपराध नियन्त्रणमा प्रहरीको एकल प्रयासमात्र संम्भव नहुने भएकोले साझेदारी कार्यक्रम सञ्चालनमा गरिएको े जिल्ला प्रहरी कार्यालयका कालिकोटका प्रमुख बिनोद शर्माले बताए ।

विश्वका विभिन्न देशहरुमा निर्वाचित जनप्रतिनीधिले नै प्रहरी परिचालन गर्ने भएकोले नेपालमा पनि स्थानीय जनप्रतिनीधि, जनता र प्रहरीबीच समन्वय हुनु आवश्यक रहेको उनले बताए ।

‘गृह मन्त्रालयको समन्वयमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको स्थानीय तह समन्वय शाखाले तयार पारेको कार्ययोजना अनुसार कार्यक्रम सञ्चालन गरिएको छ ।’ उनले भने,‘त्यही आधारमा स्थानीय तहका जनप्रतिनीधिसँग प्रहरीले समझदारी पत्रमा हस्ताक्षर गरेर कार्यक्रम लागु हुनेछ ।’

कार्यक्रममा स्थानीय तहले प्रहरीलाई हरेक सहयोग गर्न तयार रहेको खाँडाचक्र नगरपालिकाका उपप्रमुख बिजया बिष्टले बताइन् । ‘पहिला सामुदायिक प्रहरीको अवधारणा आएको थियो ।’ उनले भनिन्,‘अब सामुदायिक प्रहरी साझेदारी कार्यक्रमले प्रभावकारी भूमिका खेल्नेछ ।




सम्बन्धित समाचार


error: Content is protected !!