जुम्लाको ग्रामीण क्षेत्रमा आँखा शिविर, तीन सयभन्दा बढीको चेकजाँच

जुम्ला,
जुम्लाको ग्रामीण क्षेत्रमा सञ्चालन गरिएको आँखा शिविरमा तीन सय भन्दा बढीको आँखा जाँच गरिएको छ।

गत वर्षहरुमा सदरमुकाम खलंगामा केन्द्रीत हुने गरेको आँखा शिविर यस पटक भने तिला गाउँपालिका – ८ जुम्लाकोटमा संचालन भएको छ । जेष्ठ नागरिकलाई घरमै पुगेर सेवा दिने उद्देश्यका साथ ग्रामीण भेगमा पुगेर शिविर सञ्चालन गरिएको नेत्रज्योती संघ जुम्लाका अध्यक्ष धनबहादुर बस्नेतले बताए । उनले भने ‘हामीले अब जेष्ठ नागरिकहरुलाई सहज र सुलभ तरिकाले सेवा दिने योजना बनाएका छौँ ।’

जुम्लाकोटका ६८ वर्षीय विरबहादुर बस्नेतले पहिलो पटक यस्तो सेवा लिएको बताए । उनले भने, पहिले सदरमुकाममा शिविर हुने भएकाले टाढाबाट हिडेर जान सकिने थिएन, घरमै सेवा पाएपछि खुशी लागेको छ ।

एनएविपिआई को आर्थिक सहयोग तथा राप्ती आँखा अस्पताल दाङ र नेत्रज्योती संघ जुम्लाको आयोजनामा सञ्चालन भएको दुई दिने आँखा शिविरमा तीन सय १५ जनाले आँखा चेकजाँच गराएका छन् भने ७१ जनाको आँखाको शल्यक्रिया गरिएको अध्यक्ष बस्नेतले बताए ।




सम्बन्धित समाचार


error: Content is protected !!