बुद्ध सरोवर बनाउन महोत्सव

सुर्खेत ्बुद्ध सरोवर निमाणार्थ महोत्सव आयोजना गरिएको छ । नेपाल आदिवादी जनजाति महासंघ सुर्खेतको आयोजनामा वीरेन्द्रनगरमा ‘कृषि तथा साँस्कृतिक पर्यटन प्रवद्र्धन व्यापार महोत्सव’ आयोजना गरिएको हो
।
लोप हुँदै गएका विभिन्न जातिका कला संस्कृतिको संरक्षण र सम्वद्र्धनमा टेवा पु¥याउने उद्देश्यले महोत्सव आयोजना गरिएको बताइएको छ । कर्णाली प्रदेशका आदिवासी जनजातिहरुको बाहुल्यता रहेको भन्दै महोत्सवमै आदिवासी जनजाति÷सुन्दरी प्रतियोगिता समेत हुनेछ । प्रदेशका विभिन्न जिल्लाबाट सहभागी हुने सुन्दरीहरुमध्ये उत्कृष्ठलाई सम्मान र पुरस्कार समेत दिइने छ ।
प्रतियोगिताले जनजातिहरुको पहिचान, कला र संस्कृतिलाई जोगाउने सहयोग मिल्ने आयोजकले अपेक्षा गरेको छ । सहभागीहरुले जातीय भेषभुषामा उपस्थित हुनेपर्ने आयोजकले जनाएको छ । महोत्सव अवधिभर कोही कसैलाई स्वास्थ्य समस्या नओस भनेर दैनिक स्वास्थ्य परिक्षणदेखि एम्बुलेन्ससम्मको सुविधा छ । महोत्सवमा विभिन्न कलाकारहरुको प्रस्तुती रहने प्रचार–प्रसार समितिका संयोजक मिलन श्रेष्ठले जानकारी दिए ।
महोत्सव उद्घाटन गर्दै कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले पर्यटन क्षेत्रको विकासबाट नै कर्णालीको समृद्धि सम्भव हुने बताए । नेपाल विभिन्न जातजाति र धर्मको साझा फूलबारी भएको बताउँदै हरेक समूदायले आ–आफ्नो जातिअनुसार धर्मसंस्कार मनाउन पाउनुपर्ने उनको भनाई छ । जनजाति एकताको प्रशंसा गर्दै उनले बुद्धसरोवर निर्माणका लागि आयोजना गरिएको महोत्सवको पूर्ण सहयोग मिल्ने बताए ।










