गोठीचौरको मुडुरी खोलामा शव फेला

जुम्ला,
गोठीचौर गाउँपालिकाको मुडुरी गाउँ नजिकैको मुडुरी खोलामा मृत अवस्थामा एक शव फेला परेका छन् । पातारासी गाउँपालिका – ५ लासी गाउँका ४५ वर्षीय भक्त बूढा शुक्रबार मृत अवस्थामा फेला परेको प्रहरी नायव निरीक्षक सिताराम रिजालले बताए ।
मृतक बुढा जुम्ला जिल्लाको सिमाना जोडिएको जाजरकोट जिल्लाको बैजडी पाटनबाट खिरौला सेतेचिनी
जडिबुटी संकलन गर फर्किएका थिए । मृतक बुढाको शव कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा पोष्टमार्टम गरी आफन्तलाई जिम्मा लगाइएको प्रहरीले जनाएको छ । मृतकको शरीरमा कुनै पनि घाउचोट नदेखिएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।










