साफ यु १५ नेपालद्वारा माल्दिभ्स ४-० गोल अन्तरले पराजित

काठमाडौं,साफ अन्डर १५ फुटबल च्याम्पियनसिपको पहिलो खेलमा नेपालले माल्दिभ्स विरूद्ध ४(० को जित हासिल गरेको छ । साफ अन्डर १५को चौथो संस्करणको आफ्नो पहिलो खेलमा नेपालले सहज जीत निकालेको हो । खेल सातदोबाटो स्थित एन्फा कम्प्लेसमा भएको थियो ।

खेलको पहिलो हाफको २८औ मिनेटमा प्राप्त पेनाल्टीलार्इ जान लिम्बुले सदुपयोग गर्दै नेपाललार्इ अग्रता दिलाएका थिए । खेलको ३५औ मिनेटमा नसम थापाले अर्को गोल गर्दै नेपालको अग्रता दोब्बर बनाए ।

खेलको दोस्रो हाफको ६३औ मिनेटमा शशाक बोहराले तेस्रो गोल गरेका थिए भने दिपेश रार्इले ६८ मिनेटमा चौथो गोल गर्दै नेपालको जित सुनिश्चित बनाए । यो जितसँगै समुह ‘ए’ मा रहेको नेपालले ३ अंक जोडेको छ।




सम्बन्धित समाचार


error: Content is protected !!