रोल्पामा सशस्त्र प्रहरीको बढ्दो चहलपहल

लिबाङ,चुनाव र विपदका बेला मात्रै सदरमुकाम लिबाङमा देखिने सशस्त्र प्रहरी बलले पछिल्लो समय चहलपहल बढाएको छ।

यसअघि तिलामा रहेको माओवादी पूर्व लडाकुको शिविर सुरक्षार्थ भालुबाङस्थित सशस्त्र प्रहरी बलको सानो टुकुडी रहे पनि अब भने विधिवत् रुपम गुल्म स्थापना भएको छ ।

दसैंको सन्दर्भमा यहाँ सशस्त्र प्रहरी बलको गुल्म विधिवत् रुपमै स्थापना भएपछि सशस्त्र प्रहरीको जिल्लामा चहलपहल बढेको महसुश धेरैलाई भएको छ । सदरमुकाम लिबाङमा हेडक्वाटर राखिएपछि नै स्थानीयले पनि सशस्त्र बलको चहलपहल बढेको महसुश गर्न थालेका हुन् ।

सशस्त्र प्रहरी बल नेपालका प्रहरी नायव उपरिक्षक सुशील सुवेदीको नेतृत्वमा १ सय ६० जनाको गुल्म स्थापना भएको हो । युद्धताका निकै संवेदनशिल मानिएको र पछिल्लो समय पनि सुरक्षा चुनौती बढेको बेला यहाँ सशस्त्र बल स्थापना हुनुलाई रणनीतिक महत्वका साथ हेरिएको छ ।

जिल्ला सुरक्षा समितिको अध्यक्ष समेत रहेका प्रमुख जिल्ला अधिकारी गञ्जबहादुर एमसीले भने सशस्त्र प्रहरी बलको गुल्म स्थापना गरिएकोमा खुसी व्यक्त गरेका छन् ।

तर गुल्म स्थापनाका लागि भवनको चाँजोपाँजो मिलाउन कठिन भएको प्रजिअ एमसीले बताएका छन् । मुलपानीमा निर्माणको अन्तिम चरणमा पुगेको कर्मचारी आवास र संयुक्त कार्यालय भवन सशस्त्र प्रहरी बल स्थापनाका लागि मिलाइएको छ ।

मुलपानीको भवन ठेकेदारबाट हस्तान्तरण भइनसक्दासम्म साविकको जिल्ला शिक्षा कार्यालय रहेको भवनको भुइँतलामा गुल्म खडा गरिएको थियो । मुलपानीमा रहेको सिंगो भवन सशस्त्र बल स्थापनाका लागि उपलब्ध गराउने जनप्रतिनिधि, सुरक्षा समिति, राजनीतिक दलको प्रयास पूर्णता पाएन ।

साँघुरो संरचनाबाट नै कार्यसम्पादन गरिरहेको गुल्मको स्थायी संरचना रोल्पा नगरपालिका–२ रेउघामा निर्माण हुने बताइएको छ । जिल्ला समन्वय समितिका प्रमुख राजबहादुर बुढाले स्थायी संरचना निर्माणका लागि पहल गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।लिबाङ




सम्बन्धित समाचार


error: Content is protected !!