कालिकोट सदरमुकाम सिसिटिभी क्यामराको निगरानीमा

कालिकोट
कालिकोट सदरमुकाम मान्म बजारमा सीसीटिभि क्यामरा जडान गरिएको छ । सुरक्षा दिन बिभिन्न संस्थाहरुका सहयोगमा जिल्ला प्रहरी कार्यालय कालिकोटले सिसीटिभी क्यामरा जडान गरेको हो ।

मान्म बजारका ११ ठाउँमा सीसीटिभी क्यामरा जडान गरिएका छन् । जिरो प्वाइन्ट, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी र जिल्ला समन्वय समिति अगाडि, बीच बजारको बैंक चोक, नरहरिनाथ चोक र सुरक्षाका दृष्टिकोणले अति संम्वेदशिल ठाउँमा सिसीटिभी क्यामरा जडान गरिएका छन् ।

सुरक्षालाई अझै प्रभावकारी बनाउन र अपराध न्यूनीकरणका लागि सीसीटिभी क्यामरा अत्यन्तै प्रभावकारी भएकाले जडान गरिएको प्रहरी प्रमुख डीएसपी विनोद शर्माले बताए । ‘सीसी क्यामेराले अपराधलाई न्यूनीकरण गर्न धेरै ठुलो सहयोग पुयाउछ।उनले भने, ‘यसले सुरक्षालाई पनि बलियो बनाउँछ।




सम्बन्धित समाचार


error: Content is protected !!