अाप्नाे नाम जाेडिएकाे प्रति दुख व्यक्त

जाजरकोट / जाजरकोट क का सांसद गणेश प्रसाद सिंहले नलगाड वहुमुखि क्याम्पस मा असाेज २८ गते भएकाे विवादलाई लिएर अाप्नाे नाम जाेडिएकाे भन्दै दुख व्यक्त गर्नुभएकाे छ । क्याम्पस मा अनाैपचारिक वैठक बसिरहेको समयमा केही विद्यार्थी अाई क्याम्पस चिपका विषयमा ज्ञापन पत्र वुझाउदा भएकाे विवादलाई लिएर अाप्नाे नाम जाेडिनु दुखद भएकाे उहाँको भनाई छ । अाफुले कुनै पनि हस्तक्षेप नगरेकाे र क्याम्पसकाे सम्वृदि र उन्नति काे कुरा बाहेक अरु साेच्न नसक्ने विज्ञप्तिमा उल्लेख छ । सांसद सिंहकाे नेतृत्व मा गुण्डागर्ति भन्ने समाचार प्रकाशित भएकाे प्रति अाफु निकै दुखि भएकाे विज्ञप्ति मा उल्लेख छ । समाचार सम्रेशन गर्दा न्युनतम अाचारसंहिता पालना गरि मेराे भनाई समेत उल्लेख गरि पाठक सम्म पुर्याएकाे भए अझै समाचार काे गरिमा वढ्ने उहाँको भनाई छ ।










