नलगाड नगरपालिकाले बाढी पिडितलाइ दशै र तिहारका लागि चामल

जाजरकोट , २३ असोज (रासस) बाढी , पहिरोबाट घर, खेत बगाएर समस्यामा परेका नलगाड नगरपालिकाका स्थानीयलाई निशुल्क चामल उपलव्ध गराउने भएको छ ।
नगरपालिकामा २३ असोजमा वसेको कार्यपालिकाको वैठकले यहाँका ४ सय ५० भन्दा वढी घरधुरीलाई दशै र तिहारका लागि चामल उपलव्ध गराउने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र सिंहले जानकारी दिए । नलगाड नगरपालिकाको सवे् भन्दा वढी वडा २,३,४ र ५ का स्थानीयहरु घर खेत समेत वाढी पहिरोले वगाएपछि समस्या उत्पन्न भएको हो ।
प्रति परिबारलाई १ बोराको हिसावले दशै , तिहारका लागि चामल वितरण गरिने भएको हो । त्यस्तै नलगाड नगरपालिका भित्र पलाष्ट्रिकका मालाहरु विक्री , वितरण गर्न नपाईने भएको छ । कार्यपालिकाको निर्णयलाई अटेर गर्नेलाई कारवाही गरिने समेत बताएको छ ।










