विद्यालय आधुनिक बनाउन स्थानीय सरकारको होडवाजी

हेमन्त के सी
जाजरकोट ः जाजरकोटका सामुदायिक विद्यालयलाई आधुनिक बनाई शैक्षिक अवस्था सुधार्न होडवाजी चलेको छ । उहाँका स्थानीय तहले विभिन्न विधी प्रयोग गदै आफ्नो क्षेत्रमा पर्ने विद्यालयको नयाँ , नयाँ तरिका अपनाउन लागेको पाईएको छ ।
विद्यालयमा शिक्षण गर्दा आधुनिक प्राविधि प्रयोग देखि , शिक्षक संख्य थप्नुका साथै सिसिक्यामराको निगरानीमा शिक्षण गर्ने विधी सम्म प्रयोग गर्न थालिएको छ । कामका आधारमा बजेट बिनियोजन र विद्यार्थीको शिक्षण सिकाई क्रियाकलापमा आएको नतिजाको आधारमा मुल्यांकन समेत गर्न थालिएको छ ।
भेरी नगरपालिकाले १३ वटा विद्यालय छनोट गरी आधुनिक प्राविधि मार्फत शिक्षण आरम्भ गरेको छ । डिजिटल प्राविधि मार्फत शिक्षण गर्नका लागि विद्यालय छनोट गरी शिक्षण कार्य अगाडी बढाएको भेरी नगरपालिकाका नगरप्रमुख चन्द्रप्रकास घर्तीले बताए । वढ्दो आधुनिकता संग विद्यार्थीका ईच्छा र रुचीको सम्वोधन गदै शिक्षणमा पनि आधुनिकता ल्याईएको उहाँको भनाई छ । डिजिटल प्रणाली प्रयोग गरी शिक्षण गर्दा विद्यार्थीहरुले छिटो वुझने गरेको उनको भनाई छ ।
विद्यार्थीले अंक , शव्द छुन वितिकै आवाज आउँने (टकिङ टिचर सिस्टम), पाठ्यापुस्तक, स्पीकर, नबोल्ने किताव, पेन्ड्राइभ लगायतका सामग्रीहरु विद्यालयलाई उपलव्ध गराई शिक्षण कार्य आरम्भ गरिएको भेरी नगरपालिकाका प्रेस सल्लाहकार रामचन्द्र घर्तीले बताए । यो बिधि गरी बालकक्षा देखि कक्षा ५ सम्म पठनपाठन सुरु गरिएको छ ।
शिक्षित, समुन्नत र समृद्ध नगर निर्माणको लागि नगरपालिकाले शिक्षामा लगानी वढाऔ भन्दै काम सुरु भएको घर्तीले बताउनुभयो । नगरपालिका भित्रका ५५ वटा विद्यालयमा अर्को वर्ष डिजिटल प्राविधि विस्तार गरिने उनको भनाई छ ।
त्यस्तै कुशे गाउँपालिकाले शिक्षा क्षेत्रमा अनुदानमा शिक्षक न्यूक्ती प्रक्रिया देखि विद्यालयमा सिसिटिभी क्यामरा जडान , विद्युतिय हाजिरी सम्म जडान गरी निगरानी बढाएको छ । प्रत्येक वडामा १ विद्यालय पर्ने गरी ९ वटा विद्यालय छनोट गरी (टकिङ टिचर सिस्टम) मार्फत शिक्षण गर्ने कार्य सुरु गर्न लागिएको गाउँपालिकाका अध्यक्ष हरीचन्द्र वस्नेतले जानकारी दिए ।
कामचोर शिक्षकलाई विद्यालयमा नियमित पठन , पाठन गराउन विद्युतिय हाजिरीको व्यवस्था गरी निगरानी बढाईएको उनको भनाई छ । यो आर्थिक वर्षको पहिलो चौमासिकमा विद्यालयमा नियमित अध्यापन नगर्ने ३ जना शिक्षकको तलव रोक्का गरिएको छ । कम शिक्षक भएका विद्यालयमा गाउँपालिका मार्फत शिक्षक न्यूक्ति गरी शिक्षणलाई प्रभावकारी बनाउनका लागि काम सुरु भईसकेको बस्नेतले जानकारी दिए ।
त्यस्तै नलगाड नगरपालिकाले १४ वटा नमुना विद्यालय छनोट गरी पहिलो चरणमा आधुनिक प्राविधि प्रयोग गरी शिक्षण कार्य सुरु गरेको छ । यो प्राविधिबाट विद्यार्थीले पाएको ज्ञानका आधारमा अन्य विद्यालयमा समेत डिजिटल प्राविधि विस्तार हुँने प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र सिंहले जानकारी दिए । नलगाड नगरपालिकाले १३ विद्यालयमा (टकिङ टिचर सिस्टम)  प्रत्येक विद्यालयमा प्राथमिक उपचार बाकस स्थापना गरी विद्यार्थीको स्वास्थ्य अवस्था जाँच हुँने गरेको उहाँले बताउनुभयो । विद्यालयमा विद्यार्थी विरामी भएमा प्राथमिक उपचार गर्न सक्ने सामथ्य कायम गर्न प्राथमिक उपचार बाकसको स्थापना गरिएको शिक्षा शाखाका प्रमुख योगेन्द्र आरसीले जानकारी दिए ।
अहिले अधिकांश विद्यालयमा विद्यार्थीको उतिर्ण दर र प्राप्त अंकको आधारमा विद्यालयलाई सहयोग भईरहेको उनको भनाई छ ।
छेडागाड नगरपालिकाले बालविबाह न्यूनीकरणका लागि बालिका सम्मेलन र विद्यालयमा जागरण शिक्षा नै सञ्चालन गरेको छ । राम्रो प्रगती गर्ने विद्यालयलाई प्रत्साहन स्वरुप थप सहयोग गरिने अभियान रहेको छ । शिबालय ,बारेकोट,जुनिचाँदे गाउँपालिकामा समेत विभिन्न नयाँ नमुनाहरु प्रयोग गरि शिक्षणका काम भईरहेका शिक्षा शाखाले बताएका छन् । ७ वटा स्थानीय तहमा कुन , तहले कति राम्रो गर्ने भन्नेमा होडवाजी चलेको देख्न सकिने नागरिक अगुवा राजेन्द्रविक्रम शाहले बताए ।





error: Content is protected !!