हवाइ टिकट पाउन मन्त्रीदेखि सिडीओसम्मको ‘पावर’

डोल्पा, कर्णाली प्रदेशका डोल्पा, हुम्ला, मुगुलगायतका जिल्लाहरुस

म्म पुग्न सहज सडक यातायातको पँहुच छैन। त्यहाँसम्म पुग्ने भरपर्दो माध्यम भनेको जहाजनै हो। चाडबाडका बेला घर फर्किन ती जिल्लाका सर्वसाधरणले झन् धेरै सास्ती व्यहोर्नु पर्छ। दसैं नजिकिँदै गएपछि नेपालगंञ्ज विमानस्थलमा डोल्पा, हुम्ला, मुगुलगायतका जिल्ला फर्किने यात्रुको घुइँचो छ।

यात्रुको चापले हप्तौँसम्म हवाइ टिकट नपाएको सर्वसाधारणको गुनासो छ। ‘प्रत्येक दिन यात्रु थपिँदै छन्,’ तारा एअर नेपालगंञ्जका प्रमुख दिलिप कार्कीले भने, ‘कर्णाली उड्ने जहाज थोरै छन्। यात्रुहरुको गुनासो जायज हो।’ टिकटका लागि मन्त्रीदेखि सिडिओसम्मले फोन गर्ने भएकाले उनीहरुका मान्छेलाई टिकट दिएपछि मात्र अरुलाई दिनुपर्ने बाध्यता रहेको कार्कीले बताए। एयरलाइन्सहरुका अनुसार एउटा जहाजले दिनमा पाँच वटा उडान भर्ने अनुमति छ। तर, कहिले काहीँ यात्रुको मर्कालाई हेरेर थप उडान गर्ने गरेको बताए।

यात्रुको गुनासो नेपालगंञ्ज विमानस्थलबाट उडान भर्ने तारा, समिट, सीता एयरलाइन्सको टिकट वितरण व्यवस्थित नभएको यात्रुहरुले गुनासो छ। टिकट कहाँ, कसरी पाइन्छ भन्ने थाहा नभएको उनीहरुको भनाइ छ। पहुँचवालाले सिधै फोन गरेर टिकट बुक गराउने तर सर्वसाधारणले टिकट काट्ने ठाउँ समेत पत्तो लगाउन गाह्रो हुने उनीहरुको गुनसो छ। टिकटकै लागि नेपालगञ्ज विमानस्थलमा प्रायः यात्रु र कर्मचारीबीच हात हालाहालको स्थिति सिर्जना हुने गरेको छ।

दसैंताका नेपालगञ्ज विमानस्थलबाटै जहाज चढेर गन्तब्यसम्म पुगौँला भन्ने आशा कमैको लिने गरेको ठूलीभेरी नगरपालिका–९ का अमर कठायले बताए। हप्तौँसम्म विमानस्थलमै बसेर कुर्दासमेत टिकटको टुङ्गो नलाग्ने गरेको उनको भनाइ छ। ‘जहाजमा उड्ने आशामा एयरपोर्ट गयो, टिकट कताबाट वितरण हुन्छ पत्तो हुँदैन,’ उनले भने, ‘मुस्किलले एइरलाइन्सको कार्यालय पत्ता लगाउँदा कर्मचारीले सिट छैन भन्छन्।’




सम्बन्धित समाचार


error: Content is protected !!