बृहत निशुल्क स्वास्थ शिविरमा १९ सय जनाको स्वास्थ परिक्षण 

लेख बहादुर बुढा
डोल्पा ः डोल्पा पहिलो पटक सञ्चालन भएको बृहत स्वास्थ निशुल्क स्वास्थ शिविर सम्पन्न भएको छ । यहि असोज १५ गते देखि सुरु भएको तिन दिने निशुल्क स्वास्थ शिविर बुधबार सम्पन्न भएको हो ।

एक एक पाईला नेपालको आयोजनामा , ठुलीभेरी नगरपालीका र नेपाल रेड्क्रस जिल्ला शाखा डोल्पाको सहआयोजनामा जिल्ला अस्पताल दुनैमा उक्त शिविर सन्चालन भएको हो । तिन दिने स्वस्थ शिविरमा डोल्पाका ८ स्थानीय तहका विरामीहरुलाई छाला,नाक,कान,घाटी,दन्त रोग ,रगद परिक्षण ,स्त्रीरोग,हाडजोर्नी, सामान्य सल्यक्रिया लगायतका सेवाहरु प्रदान गरीएको छ । डोल्पा जिल्ला जस्तो भौगोलिक हिसावले पिछडीएको क्षेत्रमा आएर विरामीको चेकजाचँ गर्न पाउदा धेरै खुसी लागेको एक एक पाईला का अध्यक्ष डाक्टर सुमन शम्सेर थापाले बताउनु भयो ।
यहि असोज १५ ,१६ र १७ गते सम्म सन्चालन भएको निशुल्क बृहत स्वास्थ शिविरमा डोल्पाका विभिन्न ठाउँका १९ सय व्यक्तीको स्वास्थ परिक्षण गरीएको एक एक पाईलाका प्रतिनिधि तथा विर हस्पीटलका फिजिसीयन कलेजो रोग विशेषज्ञ डाक्टर सुदनसुर केसीले बताउनु भयो । तिन दिन भित्रमा १९ सय जना मध्य एउटै व्यक्तिले धेरै ठाउँमा चेकजाँच गरेको हुदा २ हजार ६ सय लाई विभिन्न रोगहरुको चेकजाँच तथा परामर्श दिएको डाक्टर केसीले जानकारी दिनु भयो । डोल्पामा धेरै जसो दमको ,रोगी देखिएको त्यस पछी हाडजोर्नी,कानको रोगी, दातको समस्या र केहि व्यक्तिहरुलाई हेपटाईटीस बि भएको पाईएको पनी डाक्टर केसीले बताउनु भयो ।
डोल्पा जिल्लामा पहिलो पटक सँन्चालन भएको बृहत स्वास्थ शिविरमा जाच गर्ने लक्ष भन्दा धेरै विरामीहरु सहभागी भएको हुदा तेस्रो दिनमा केही व्यक्तीहरुलाई औषधी अपुग भएको हुदा टोकन वितरण नगरीएको आयोजक एक एक पाईलाले बताएको छ । उक्त शिविरमा २० जनाको आँखा,१२ जनाको नाक कान, घाटीको सल्याक्रिया गरीएको पनी जनाईएको छ । यस्ता स्वास्थ शिविर पटकपटक सन्चालन भैरहे न्यून स्तरका सर्वसाधारणले सजिलै स्वास्थ परिक्षण गर्न पाउने शिविरमा उपस्थी दुई दिनको बाट हिडेर सदरमुकाम पुगेका मुड्केचुला १ का ओम बहादुर बुढाले बताउनु भयो । पहिलो पटक विशेषज्ञ सहितको टोलीले निशुल्क स्वास्थ शिविर सन्चालन गर्दा कम खर्चमा नै स्वास्थ परिक्षण गर्न पाउने भएपछी स्थानीयहरुको भिड लागेको थियो ।





error: Content is protected !!