सुर्खेतमा आन्तरिक राजस्व कार्यालय सञ्चालन

सुर्खेत, आन्तरिक राजस्व कार्यालयले सुर्खेतबाट मंगलबारदेखि
कर्णाली प्रदेश स्तरीय सेवा सञ्चालन गरेको छ। राजस्व कार्यालयल सुर्खेतमा आएपछि व्यवसायीहरुलाई करसम्बन्धी काम गर्न थप सहज हुने कार्यालयले बताएको छ। यसअघि करदाता सेवा कार्यालय रहेको उक्त कार्यालयको स्तरोन्नति गरी आन्तरिक राजस्व कार्यालय बनाइएको हो। प्रदेशका सल्यान र रुकुमबाहेक आठ जिल्लाको राजस्वसम्वन्धी काम सुर्खेत कार्यालयबाटै हुने भएको छ। नेपाल सरकार अर्थ मन्त्रालयका राजस्व सचिव शिशिरकुमार ढुंगानाले कर संकलन कार्यलाई तीव्र्रता दिन उक्त कार्यालय सञ्चालनमा ल्याइएको बताए। उद्योग वाणिज्य संघ कर्णाली प्रदेशका अध्यक्ष पदम शाहीले कार्यालय संचालनसँगैे व्यवसायीहरुमा थप सहजता ल्याएको बताए।








