संघियता प्रति जनप्रतिनिधि नै अन्यौलमा

दिलमाया शाही
जुम्ला, संघियताले आफुहरुलाई अन्यौलमा परेको जनप्रतिनिधिहरुले बताएका छन । जिल्ला समुन्वय समितिले आयोजना गरेको दोस्रो जिल्ला सभामा जनप्रतिनिधिले यस्तो बताएका हुन । स्थानिय सरकार आएको डेढ वर्ष पुरा भएको छ । तर स्थानिय तहको कानुन निमार्णमा ढिला हुदा आफुहरुलाई संघियताले अहिले सम्मा अन्यौल पारेको बताएका छन ,।सरकाले नत कानुन नत नितिनियम जनप्रतिनिधिर्लाई चौबाटोमा छोडेको हुदा आफुहरु बिभिन्न चुनौतिका बाबजुद यहा सम्मा पुगेको बताएका छन ।
त्यस्तै उक्त सभामा स्थानिय तहहरुको बिच पुलको भुमिका खेल्दै आएको जिल्ला समुन्वय समितिको कार्यालयले समग्र रुपमा जुम्ला जिल्लाको सम्बृद्धीको लागी आगामी दिनमा खेल्नु पर्ने भुमिकाको बारेमा जानकारी गराएको थियो । दास्रो जिल्ला साभामा बोल्दै जिल्ला समुन्वय समितिका उपप्रमुख कार्मा बुढाले लामो समय पछिको संघियता बाट नागरिकले धेरै अपिक्षा गरिएकाले अब सबै एक जुट भएर सपना पुरा गर्नु पर्ने बताउनु भयो । उहाले भन्नु भयो हामीले निर्वाचनको बेला गरेका प्रतिबद्धता पुरा गर्नका लागी नागरिकहरुको आवश्यकताका आधारमा बिकास गर्न जरुरी छ।
गाउगाउमा सिहं दरवार आएको डेढ वर्ष पुरा भए पनि नागरिकहरुको लागी खासै उल्लेख्य काम भएको पाइएको छैन । जुम्लाका नागरिकहरुलाई संघियता टिक्दैन कि भन्ने चिनता लागेको बताएका छन।।राजनितिक दलबाट बोल्ने अकिांस बक्ताहरुले स्थानिय तहहरुको अभिभावकको भुमिका निर्वाहा गर्दै आएको समुन्वय समितिको कार्यालयले बिकास निमार्णम , शुसाषन लगायतका क्षेत्रमा बिषेस रुपमा जोड दिनु पर्ने बताएका छन ।





error: Content is protected !!