मुगुका स्थानीय सरकारको सहयोगमा जिल्लाव्यापी मदिरा नियन्त्रण अभियान तिव्र

मुगु ्रमुगुमा जिल्लाव्यापी मदिरा नियन्त्रण अभियान सुरु भएको छ । पछिल्लो समय अबैध मदिरा
ओसार पसार र बेचबिखन बढ्दै गएपछि मदिरा सेवन गर्नेको संख्यामा बृद्धि हुँदा सामाजिक तथा घरेलु हिंसा बढेपछि यसको न्यूनिकरण गर्न प्रशासनको अगुवाइ तथा स्थानीय सरकारको सहयोगमा जिल्लाब्यापी मदिरा नियन्त्रण अभियानलाई ब्यापक बनाइएको हो ।
मदरिा नियन्त्रण गर्न सिङ्गो जिल्लानै लागिपरेको र आफुलाई जिल्लाका सबै स्थानीय निकायले साथ र सहयोग दिएको प्रमुख जिल्ला अधीकारी उमाकान्त अधिकारीले जनाए । ‘गृह मंत्रालयको निर्देशन अनुसार यो अभियान सफल बनाउन लागिपरेको छु ।’ उनका अनुसार जिल्लाका छायानाथ रारा नगरपालिका, सोरु र खत्याड गाउँपालिकामा मदिरा नियन्त्रणको अभियानलाई व्यापक दिँदै मदिरा पूर्ण निषेधित जिल्ला घोषणा गरिने निर्णय समेत गरिएको छ ।
जिल्ला प्रसाशनको नेतृत्वमा सम्पूर्ण सुरक्षा निकाय, आमा समुह, बाल संगठन, यूवा संगठन लगायत सरोकावाला सबैलाई जिल्लाब्यापी रुपमा मदिरा नियन्त्रणको अभियानमा परिचालन गरिनुका साथै नियमित अनुगमनका कार्य भइरहेको उनको भनाइ छ ।
जिल्लाको खत्याड गाउँपालिकामा गत साउनमानै प्रमुख जिल्ला अधिकारीको उपस्थितिमा मदिरा निषेधित पालिका बनाउने निर्णय गरिएको थियो । छायानाथ रारा नगरपालिकाको असोज १ गते बसेको सर्वपक्षीय बैठकले नगरलाई मंसिर १ मा पूर्ण रुपमा मदिरा निषेधित घोषणा गरिने निर्णय गरेको छ ।
सोरु गाउँपालिकामा पनि असोज १२ गते प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको बैठकले गाउँपालिकालाई पूर्ण रुपमा मदिरा निषेधित घोषणा गर्ने निर्णय गरेको थियो ।
जन प्रतिनिधि नै जुटे मदिरा नियन्त्रणमा
जिल्लाको खत्याड, सोरु गाउँपालिका र छायानाथा रारा नगरपालिका प्रमुख उपप्रमुख तथा सम्पूर्ण वडाका अध्यक्षहरु यतिबेला मदिरा नियन्त्रणको ब्यापक अभियानमा लागेका छन् । बिगतका वर्षदेखि जिल्लामा अनियन्त्रित मदिरा बेचबिखन र सेवन गर्नेको संख्या बृद्घि भई समाजमा हिंसाका घटना बढेपछि भावी पुष्तामा पर्न जाने असरलाई मध्यनजर गर्दै सभ्य समाज निर्माणका लागि कदम चालिएको छायाँनाथ रारा नगरपालिकाका मेयर हरिजङ्ग शाहीले जानकारी गराए ।
घरेलु मदिरा उत्पादन तथथा पूर्णरुपमा बेचबिखन बन्द गरिने निर्णय अनुसार घर घरमा अनुगमन गरि घरेलु मदिरा बनाउने भाँडा घ्याम्पा संकलन गर्ने तथा नियन्त्रमा लिने काम भइरहेको छायानाथ रारा नगरपालिका ४ का वडा अध्यक्ष बिष्णुकुमार भामले जानकारी गराए ।
उनले भने, ‘१८ वटा घ्याम्पा असोज १३ गते वडाले बरामद गरिसकेको छ । बाँकी भाँडा घ्याम्पा तत्काल वडा कार्यालयमा बुझाउनको लागि पत्राचार समेत गरिसकेको र सोमबार भित्र नबुझाए घरमेै गएर बरामद गरि वडाको नियन्त्रणमा लगिने निर्णय गरिएको छ ।’
घरेलु मदिरा उत्पादनमा निषेध
अबैध रुपमा घरेलु मदिरा उत्पादन, बिक्रिवितरण तथा अनियन्त्रित सेवनले घरेलु मदिरा बेचबिखनमा पूर्ण बन्देज लगाइएको प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले जनाए । उनले भने, ‘मदिरा नियन्त्रण सफल बनाउन दिन प्रतिदिन तिब्र अनुगमन भइरहेको र अनुगमनको क्रममा ४ सय ३२ लिटर घरेलु मदिरा नियन्त्रणमा लिएर नष्ट गरिएको छ ।
विगत ६ महिनादेखि मदिरा नियन्त्रणको पहलमा आफू लिागिपरेको बताउँदै उनले भने ‘अबैध रुपले मदिरा ओसारपसार तथा बेचबिखन गर्ने कसैलाई कानुनी छुट हुँदैन, मदिरा सेवन गरि समाजमा खलबल पु¥याउने जोकाही पनि कारवाही गरिनेछ ।








