डिपिरआरको मिति सकिन लाग्दा आधा काम वाँकी

जाजरकोट – तोकिएको मिति सकिदा डेढ महिना बाँकी रहदा नलसिंहगाड जलविद्युत आयोजनाको विस्तृत आयोजना प्रतिवेदन ९डीपीआर० बन्न अझै ७ महिना लाग्ने भएको छ । निर्माणको जिम्मा लिएका कम्पनीहरूले बिभिन्न वहाना बनाउदै काममा ढिलाइ गर्दा तोकिएको समय अर्थात ३० महिना बित्नै लागेपनि डीपीआर बन्न नसकेको हो ।
२०७३ वैशाखदेखि डीपीआर निर्माणको सम्झौता भइ काम सुरु भएर यस वर्षको कार्तिक मसान्तमा काम सकिनुपर्ने भएपनि समयमै काम नहुँनु, कामको जिम्मा लिएकाले गम्भीर भएर निर्धारित समय ख्याल नगर्नुले तोकिएको समयमा डीपीआर नसकिएको बताइएको छ । समयमै डीपीआर नसकिने भएपछि जाजरकोटको नलगाड नगरपालिका वडा ७ दल्ली खगेनकोट र बारेकोट गाउँपालिकाको अर्थाथ साविक सक्ला गाविसमा निर्माण हुन लागेको ४१० मेगावाट क्षमताको जलाशाययुक्त आयोजनामा जल माफियाको चलखेल बढ्न सक्ने भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन्। साढे २८ महिना अघि ३० महिनाको समय लिएर सुरु भएको डीपीआरको काम तोकिएको अवधि सकिन डेढ महिना मात्र बाँकी हुँदा ५० प्रतिशत मात्र भएको आयोजनाका प्रमुख कार्यकारी अधिकृत रामकाजी थापाले बताए।
डीपीआर निर्माणका लागि अन्तराष्ट्रिय परामर्शदाता कम्पनी स्मेक अष्ट्रेलियन, एमडब्लुएच अमेरिकन र उदय कन्सल्ट नेपालको जेभीमा काम भइरहेको उनले बताए । आयोजनाको निर्माण स्थलमा रहेका इन्जिनियर पदम थापाले डीपीआर अन्तर्गत १५ वटा ड्रिलिङ प्वाइन्टहरूमध्ये ३ वटा मात्र बाँकी रहेको, ड्याम साइडमा बन्नुपर्ने २ सय ६० मिटर टेष्ट अडीट टनेलको काम सुरु नै नभएको र पावर हाउसमा बन्नुपर्ने ३ सय ३२ मिटरको टनेलमध्ये जम्मा ९५ मिटर मात्र खनिएको बताए । ड्याम साइडमा सेनाको टोली परिचालनका लागि माथिल्लो निकायबाट आदेश नआएका कारण अहिलेसम्म काम सुरु नभएको बताइएको छ। इन्जिनियर थापाले वातावरणीय प्रभाव मुल्यांकन ९इआइए० को काम सुरु नै नभएको तर जमिनको प्रकृति जाँच्ने काम अर्थात टोपोग्राफीकल सर्वे, चट्टान सम्बन्धी अध्ययन गर्ने सिस्मोलोजीकल सिस्टमको काम भने सकिएको उनले बताए। उनले बाँकी रहेका सबै काम नियमित रुपमा भए ७ महिनामा सकिने बताए ।
डीपीआर अन्तर्गत आयोजनाको जल विज्ञान मापन आंकलन, भूकम्प सर्भे, भौगर्भिक सर्भे, कोर ड्रिलिङ, पावर अटिमाइजेसन, फिल्ड सर्भे गर्ने, सम्भाब्यता अध्ययन गर्ने कामहरू पुरै नसकिएका कारण डीपीआर सक्न अझै ६ महिना अवधि थप्नुपर्ने भएको हो। १४ महिनामा सक्नुपर्ने सम्भाव्यता अध्ययनको काम २८ महिनामा ड्राफ्ट तयार भएको र सो ड्राफ्टलाइ विभिन्न नेपाली विज्ञलाइ अध्ययन गर्न दिएर फाइनल रुप तयार हुने आायोजनाका प्रमुख कार्यकारी अधिकृत रामकाजी थापाले बताए। उनले नलगाडको डिपीआर निर्माणका लागि ९० करोड रकम स्टिमेट भएको र सो रकम घट्न सक्ने बताए।

आयोजना निर्माण गरेर २०८० सालभित्र बिजुली बाल्ने लक्ष्य राखिएपनि डीपीआर निर्माणमा भएको ढिलाइ र बेवास्ताले आयोजनाको भविष्यमाथिनै शंका गर्नुपर्ने अवस्था आएको स्थानीयवासीको भनाइ छ। मुलुकमा निर्माण भएका र निर्माण हुन लागेका जलाशाययुक्त आयोजनाहरूमध्ये सबैभन्दा सजिलो, कम जोखिमपूर्ण र कम क्षति पुर्याउने आयोजनाको रुपमा रहेको नलसिंहगाड जलविद्युत आयोजनाको निर्माणका लागि डिपीआर निर्माणमै ढिलाइ र बेवास्ता हुनु निकै दुखको कुरा भएको स्थानीय लोकेन्द्रविक्रम शाहीले बताए ।





error: Content is protected !!