के हो डिएनए ः कस्तो बेला गरिन्छ यसको परीक्षण ?

काठमाडौं ः पछिल्लो समयको वैज्ञानिक उपलब्धिले धेरै जटिल र सूक्ष्म कुराहरूको पनि सहज समाधान दिँदै आएको छ। मानव र समग्र प्राणी तथा भौतिक जगतमा समेत वैज्ञानिक खोज र उपलब्धिले महत्त्वपूर्ण अर्थ राख्दै आएका छन्।
यसै क्रममा मानव वा अन्य प्राणीका बारेमा अध्ययन गर्न उसका शरीरका विभिन्न अवयवको अनुसन्धान जारी छ। अपराधी र वंश पहिचानका निम्ति पनि यस्ता उपलब्धिको प्रयोग हुँदै आएको पाइन्छ।
यस्तै एउटा वैज्ञानिक उपलब्धि हो( डिएनए अर्थात् डिअक्सिरिबोन्यूक्लिक एसिड। यो यस्तो जटिल अणु हो, जसमा एउटा अंग बन्न आवश्यक सबै सूचना हुन्छन्। हरेक जीवित प्राणीका कोषमा डिएनए हुन्छ। डिएनएमा वंशाणुगत गुणहरू रहेका हुन्छन्। हरेक प्राणीका सन्तानमा यो सर्दै जान्छ। यसै कारण हत्या, बलात्कारजस्ता गम्भीर प्रकृतिका र जघन्य अपराधका अपराधी तथा ठूलाठूला दुर्घटनामा शव पहिचान गर्नका लागि डिएनए परीक्षण हुने गरेको छ। प्रसंग जोडौँ, दुई महिनाअघि कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भयो। साउन १० मा घरबाट साथीकहाँ हिँडेकी कञ्चनपुरको भीमदत्त नगरपालिका(२ खोल्टीकी निर्मला साउन ११ मा मृत अवस्थामा उखुबारीमा भेटिएकी थिइन्।
उनको बलात्कारपछि हत्या भएको पुष्टि भइसकेको छ तर कसले बलात्कार गरेर हत्या गरेको हो भन्ने कुरा भने पत्ता लाग्न सकेको छैन। तर हत्याको लामो समय बित्दा पनि प्रहरीले हत्यामा संलग्न व्यक्तिलाई अझै पत्ता लगाउन सकेको छैन। सरकारले हाल शक्तिशाली छानविन समिति गठन गरेर छानविन गरिरहेको छ। प्रहरीले हत्यारा पत्ता लगाउन घटनास्थलको प्रायस् सबै प्रमाणहरू नस्ट भएको भन्दै शंकाको घेरामा रहेकाहरूको डिएनए परीक्षणका लागि नेपाल प्रहरी र त्रिवि शिक्षण अस्पतालका फोरेन्सिक विभागका चिकित्सकको टोलीसहितले कञ्चनपुरका तत्कालीन प्रहरी उपरीक्षक डिल्लीराम विष्टसहितको डिएनए परीक्षणका लागि रक्त संकलन गरेर पठाएको छ। तीनै जनाको डिएनए परीक्षणका लागि टोलीले भदौ २८ गते रक्त संकलन गरेको थियो। दिलीपसिंह विष्टको डिएनए परीक्षणको रिपोर्ट तीन दिनमै दिएको थियो।
गम्भीर खालका र जघन्य अपराधहरू हत्या, बलत्कार० र अन्य गम्भीर खालका घटनामा मृत्यु भएकाहरूको हत्यारा पत्ता लगाउन नसकेको खण्डमा पछिल्लो समय डिएनए परीक्षणको सहयोग लिने गरिएको छ। के हो डिएनए परीक्षणरु पछिल्लो समय अत्यन्त चर्चामा रहेको डिएनए परीक्षणले अपराधको अनुसन्धान तथा पीडितलाई न्याय दिन अपराधीको भौतिक प्रमाणका लागि अत्यन्त महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ।
नेपालमा सन् २००५ बाट भित्रिएको डिएनए परीक्षण प्रविधिबाट हाल विकसित देशहरूमा जत्तिकै नेपालमा पनि अत्याधुनिक तरिकाले परीक्षण हुने गरेको छ। हत्या, बलात्कारका घटनाबाहेक पहिचान गरी विदेशमा आफ्ना छोराछोरी लैजान वंश पहिचानका लागिसमेत डिएनए परीक्षण हुने गरेको छ। यस्तै, ठूलाठूला दुर्घटनामा क्षतविक्षत तरिकाले मृत्यु भई शव पहिचान गर्न अप्ठ्यारो भएको अवस्थामा पनि डिएनए परीक्षणमार्फत् नै मृतकको शव पहिचान गरी परिवारलाई बुझाउने गरिन्छ। शव पहिचानका लागि डिएनए परीक्षण महत्त्वपूर्ण मानिन्छ। यदि कुनै देखिने प्रमाण छैन वा अनुसन्धानको क्रममा कुनै व्यक्तिले झुटो बोलिरहेको छ भने त्यसका लागि एक मात्र निर्विकल्प उपाय पनि डिएनए परीक्षण नै हो।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गत फागुन २८ मा भएको युएस बंगला विमान दुर्घटनामा ज्यान गुमाएकाहरूको शव पहिचान गर्न अप्ठ्यारो भएपछि डिएनए परीक्षणको सहायताबाटै शवको पहिचान गर्दै परिवारलाई बुझाइएको थियो। व्यक्तिको डिएनएको बनावट, औँलाहरू एकअर्काबाट फरक फरक हुन्छन्। यसरी गरिन्छ डिएनए परीक्षण डिएनए डिअक्सिरिबोन्यूक्लिक एसिडको संक्षिप्त रूप हो। हाम्रो शरीरमा वंशाणुगत गुण बोक्ने कोषहरूमा पाइने क्रोमोजोमहरू यसैबाट बनेका हुन्छन्।
यो हजारौँ वंशाणुले बनेको हुन्छ र त्यसमा एडेनाइन, गुआलाइन, साइटोसाइन,थाइमाइनजस्ता अणुहरू रहेका हुन्छन्। यी अणुले एउटा पुस्ताबाट अर्को पुस्ता उत्पादन गर्न डिएनएको महत्त्वपूर्ण भूमिका हुन्छ। बच्चा जन्मँदा उसको आकार, उचाइ, नाक, आँखा र शरीरका अगंहरू कस्ता हुने भन्ने कुरा यही डिएनएमा निर्भर रहन्छ। असंख्य कोषहरूले मानव शरीर बनेको हुन्छ। मानव शरीरमा रहेका क्रोमोजोमहरू कोषभित्र न्युक्लियसमा हुन्छन्। क्रोमोजोम, प्रोटिन र डिएनएको एउटा अणुवाट बनेको हुन्छ । एउटा मानिसमा भएका ४६ वटा क्रोमोजोमहरू २३ जोडामा गाँसिएर बसेका हुन्छन्। महिलामा एक्स(एक्स र पुरुषमा एक्स(वाईका रूपमा जोडाहरू बसेका हुन्छन्।
कसैबाट जन्मिएको शिशुमा यो प्याटर्न आमा, बुबासँग ठ्याक्क मिले उनीहरूबाटै जन्मिएको हो भन्ने प्रमाणित हुन्छ। डिएनए परीक्षण गर्ने बेलामा उसको कपाल, रगतमा रहेको सेतो रक्तकोष, गालाभित्र अर्थात् मुखभित्रबाट र्यालबाट पनि आवश्यक नमुना पनि झिक्नुपर्ने हुन्छ। यस्तै, पहिचान नखुलेका शवहरूको पहिचान गर्न दाँतको जराबाट केही मासु निकालेर, हड्डीको धुलोबाट पनि डिएनए परीक्षण गरिन्छ। यी नमुनाहरू परीक्षण गर्ने मान्यताप्राप्त प्रयोगशालाहरू छन्।
नेपालमा प्रहरीको ल्याब र विधि विज्ञान प्रयोगशालामा यसको परीक्षण गर्न सकिन्छ, जसका लागि आठ हजारदेखि ४० हजार रुपैयाँसम्म शुल्क लाग्ने गर्छ। रगतलाई नमुना संकलन गरेर गरिएको डिएनए परीक्षणको रिपोर्ट नेपालमा एक साताभित्रैमा आउँछ।
बलात्कारको मुद्दामा यसरी गरिन्छ डिएनए परीक्षण
बलात्कार गरेर मृत्यु भएका वा त्यस्ता घटनामा संग्लनलाई पत्ता लगाउन डिएनए परीक्षण दोषी पत्ता लगाउने एउटा महत्त्वपूर्ण वैज्ञानिक आधार हो। बलात्कारको शिकार भएका व्यक्तिको योनी रसको डिएनए र शंकाको घेरामा परेका व्यक्तिको डिएनए एउटै भएको अवस्थामा उक्त व्यक्ति घटनामा संग्लन भएको प्रमाणित हुने विश्वास गरिन्छ। त्रिवि शिक्षण अस्पतालको फोरेन्सिक विभागका फोरेन्सिक विशेषज्ञ डा गोपालकुमार चौधरीसँग गरिएको कुराकानीमा आधारित







