दैलेखका स्थानीय तहका जनप्रतिनिधि डोजर र ठेक्कामा

दैलेख ्र जिल्ला समन्वय समिति दैलेखले शुक्रबार जिल्लाका ११ वटै स्थानीय सरकारको समिक्षा गरेको छ। कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला, मन्त्रालयका सचिव र माननीय लगायतको उपस्थितीमा गरिएको समिक्षामा स्थानीय तहले गरेका कामप्रती असन्तोष व्यक्त गरिएको छ । समितिले टुक्रे योजना भन्दा स्पष्ट र ठोस योजना ल्याउन स्थानीय सरकारलाई सुझाव दिएको हो ।
स्थानीय सरकारलाई धेरै अधिकार दिएको पसंङ्ग जोड्दै अर्थमन्त्री प्रकाश ज्वालाले भने, ‘तपाँईहरु डोजर चलाउने भए, डोजरतिरै लाग्नुहोस् जनप्रतिनिधि भएर ठेक्का लिने होईन । जनताले मत दिएको ठेक्का लिएर डोजर चलाउन नभएको भन्दै जनताले बिश्वास गरेर दिएको मतको दुरुपयोग नगर्न सुझाव दिएका छन्।
अहिले बहस कुन पार्टीबाट उठ्यो र कुन पार्टीबाट चुनाव जित्यो भन्ने होईन अब स्थानीय सरकारले जनतालाई कसरी विकासको प्रत्याभूति दिएका छन् भन्ने प्रश्न धेरै उठ्ने भएकोले सबै स्थानीय सरकार सचेत हुनुपर्ने ज्वालाले बताए ।
कर्णाली प्रदेश सभाका प्रतिपक्षि दलका प्रमुख सचेतक हिम बहादुर शाहीले काठमाण्डौं भएको एउटा सिंहदरबारबाट सात सय ६० वटा सिंह जन्मिएका हुन् कि भन्ने आशंका बढ्न थालेको प्रति चिन्ता व्यक्त गर्दै, सबै निर्वाचित जनप्रतिनिधिहरुले आफूँ को हौं भनेर विश्लेषण गर्नु सुझाए ।










