दुनैमा खेलकुद , उचित खेल मैदान नहुँदा खेलाडी हैरान

सुकमाया थापा
डोल्पा ः दुनै भ्याली क्लबको ५ औ बार्षिक उत्सवको अवसरमा फुटबल खेलको आयोजना गरिएको छ । ठुलीभेरी नगरपालिका डोल्पा , जिल्ला खेलकुद बिकास समितिको सहयोगमा दुनै भ्याली क्लब डोल्पाले ५ औँ बार्षिक उत्सवको उपक्ष्यमा स्वास्थ्यका लागि खेलकुद , राष्टका लागि खेलकुद भन्ने मुल नाराका साथ फुटबल खेल आयोजना गरेको हो ।
यो पाचौँ बार्षिक उत्सव मा फुटबल खेल आयोजना गरेपनि खेल मैदानको समस्याले गर्दा यहाँका खेलाडीहरु चिन्तित भएका छन् ।
खेलमैदानको अभावमा यहाँका खेलाडीले आफ्नो प्रतिभा देखाउन नसकेको ठुलीभेरी नगरपालीका वडा नं ३ का वडा अध्यक्ष अर्ण बहादुर न्यौपानेले बताउनुभयो । लामो समय बिति सक्दापनि खेल मैदान निर्माणको लागि कुनै पनि सम्बन्धित निकायको ध्यान जाँन नसक्नु दखद भएको भन्दै उहाँले खेल राष्टको लागि खेल स्वास्थ्यका लागि र बिकासका लागि खेल भन्दै खेल जगतको उचित ब्यबस्था गर्नु आम नागरीकको दायित्व भएको जानकारी दिनुभयो ।
खेल जगतलाइ राष्टिय स्तर सम्म मा पु¥याउने उदेश्यले वि सं २०७० साल देखि बिभिन्न खेलकुद आयोजना गदै आएको उहाँले बताउनुभयो । बिकड पिछडिएको दुर्गम भनि चिनिएको डोल्पामा सम्बन्धित निकाय कसैले चासो नदिएको गुनासो गर्दै आफ्नो सास रहुन्जेल सम्म डोल्पाको खेल जगत प्रति योगदान दिने दाबि गर्नु भयो । आफुले सके जति समय र लगानी खेलकुदमा गर्ने क्लवका अध्यक्ष हिगमत शाहीले बताउनुभयो । खेलकुदले नै संसार चिनाउने गरेको भन्दै उहाँले सवैको ध्यान तेता तीर जानुपर्ने बताउनुभयो ।










