खच्चड चराउन गएका वोहोरा मृत फेला

सुकमाया थापा
डोल्पा ः उहाँ खच्चर चराउन जाँदा त्रिपुरा सुन्दरी नगरपालीका वडा नं ९ का ४० वर्षीय ओम बहादुर बोहोराको मृत्यु भएको छ । बिहिबार खच्चर चराउन गएको अबस्थामा चु गाड्मा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ ।
शुक्रबार बिहान पोष्माटम को लागि जिल्ला अस्पतालमा ल्याईएको छ । बोहराको मृत्यु आफै भएको हो वा कसैबाट मारिए भन्ने विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय डोल्पाले जानकारी दिएको छ ।







