अव शिवालयमा निशुल्क ईन्टरनेट सेवा

जाजरकोट , यहाँको शिवालय गाउँपालिकामा निशुल्क ईन्टर सेवा जडान संगै स्थानीयहरु खुसी भएका छन् । चुनावी प्रतिवद्धता अनुसार गाउँपालिकाले निशुल्क ईन्टरनेट गाउँ , गाउँमा उपलव्ध भएको गाउँपालिका अध्यक्ष नरेन्द्र शाहीले जानकारी दिनुभयो ।

गाउँपालिको आर्थिक सहयोगमा वर्डलिक ईन्टर सेवा विस्तार भएको हो । फोनले राम्रो काम नगर्ने यस गाउँपालिकामा निशुल्क ईन्टरनेट उपलवध भए संगै सरकारी कार्यालय , विद्यालय, अन्य स्थानीयलाई सहयोग पुगेको छ । जातिय छुवाछुत मुक्तका लागि अभियानकै रुपमा लागेको शिवालय गाउँपालिका नमुना बनाउने अभियानमा लागेका शाहीले जानकारी दिनुभयो ।

सुचना प्राविधिको क्षेत्रमा गाउँपालिकालाई जोड्ने अभियान निरन्तर भईरहेको शाहीले जानकारी दिनुभयो ।





error: Content is protected !!