शैक्षिक योग्यताको प्रमाणपत्र कृत्य गर्ने पक्राउ

जाजरकोट , रामानन्द माध्यमिक विद्यालय जेवा दसेराका छात्र सुनिल परियारले शैक्षिक योग्यताको प्रमाणपत्र कृत्य गरेको भन्दै पक्राउ परेका छन् । 
विहिबार वेलुका जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले परियार र नक्कली प्रमाणपत्र बनाउने भेरी कम्प्यूटर संञ्चालक तेजराज विष्ट लाई पक्राउ गरिएको निर्मित प्रहरी प्रमुख ईन्द्रजित सुनारले जानकारी दिए । छात्र परियारको चारित्रिक प्रमाणपत्रमा जन्म मिति फरक परेपछि सच्याउने काम नहुँदा भेरी कम्प्यूटरका सञ्चालन विष्ट लाई नयाँ बनाईदिन आग्रह गरेका थिए । सञ्चालक पुनले नयाँ बनाएको प्रमाणपत्रको रकम लिई आफ्नो कम्प्यूटरमा नयाँ डिजाईन गरी प्रधानाध्यापकको सहि समेत आफै गरेको निर्मित प्रमुख सुनारले बताए ।


लिखत सम्वन्धी कसुर वमोजिम ७० हजार जरिमाना र ७ वर्ष जेल जेल हुँन सक्ने नयाँ कानुनको दत्ता २७६ उपदफा ३ को ग मा उल्लेख छ । यहाँ यस्ता कृत्य प्रमाणपत्र बनाउनेको विगविगी रहेको बताईदै आएको थियो ।




सम्बन्धित समाचार


error: Content is protected !!