कहिले मर्मत हुन्छन्, डोल्पाका आन्तरिक घोडेटा वाटा
सुकमाया थापा
डोल्पा ः बर्षातको समयमा भत्किएका घोडेटा बाटाहरु मर्मत हुँन नसक्दास्थानीयहरु जोखिम मोलेर यात्रा गर्न बाध्य भएका छन् ।
वर्षायाम सकिदा सम्म सरोकारवाला निकायले वाटो मर्मत तर्फ ध्यान नदिदा दैनिक आवतजावतमा समस्या भएकोे ठुलिभेरी नगरपालीका वडा नं ११ स्थानीय अर्मीत कार्कीले जानकारी दिए । सदरमुकाम देखि नेपालको सबै भन्दा गहिरो शे फोक्शुण्डो ताल जाने घोडेटो बाटो क्षति भत्किएको लामो समय वितेपनि मर्मत कार्य नहुँदा पर्यटक तथा स्थानीयलाई सास्ती भएको उनको भनाई छ ।
त्यस्तै ठुलीभेरी नगरपालिका वडा नं ११ रहमा स्थित ठुलो गाउँ जाँनका लागि प्रयोग भएको खोलाको पुल वर्षायाममा जोखिममा परेको छ । पुल वरीपरी भत्किएका कारण त्यहाँ जान जोखिम वढेपनि मर्मत तर्फ कसैको ध्यान नगएको स्थानीयको गुनासो छ ।