जाजरकोटमा कृषि ज्ञान केन्द्र उद्घाटन

सन्जय केसी 
जाजरकोट , १० असोज ः कर्णाली प्रदेशको जाजरकोटमा कृषि ज्ञान केन्द्रको उद्घाटन गरिएको छ । आज भुमि व्यवस्था , कृषि तथा सहकारी मन्त्री विमल केसीले एक कार्यक्रमका बीच केन्द्रको उद्घाटन गरिन् ।
मन्त्री केसीले वजेट कार्यन्वय र संघियाता कार्यन्वयन गर्नु अहिलेको आवश्यकता भएको बताउनुभयो । राज्यको नीति नियम भन्दा एक ईन्च दायाँ , वाँया गर्ने जो सुकैलाई कारवाही गरिने उहाँले बताउनुभयो । वजेट आउँनु मात्र ठुलो कुरा होईन् , यसको परिणाम निकाल्नु ठुलो कुरो भएको उनको भनाई छ । यहाँ योजनाहरु डवल बनाउने र कमाई खाने भाँडो बनाउने प्रवृती देखिएकोले त्यो कुनै हालतमा हुँन नदिने मन्त्री केसीको भनाई छ । परम्परागत काम गर्ने शैली सवैले वदल्नु पर्ने कुरामा जोड दिदै मन्त्री केसीले तीनै तहमा यूद्ध स्तरमा काम गरी परिणाम निकाल्न कर्मचारीहरुलाई निर्देशन दिनुभयो । जाजरकोटमा यो आर्थिक वर्षमा कृषि क्षेत्रमा १६ करोड ५० लाख रुपैया बिनियोजन भएको छ । कर्मचारीले .अव पाँच वटा पाटीको सदस्यता पकेटमा हाल्नु नपर्ने उहाँको भनाई छ । अव सप्टवाएर बनाई सवै काम गरिने बताए ।
वलिदान र संर्घषबाट प्राप्त अहिलेको व्यवस्था हामीले कार्यन्वयमा ध्यान दिएनौ भने संधियाता विरोधी तत्वले टाउँको उठाएर परिवर्तन उल्ट्याउने सम्भावना तर्फ समेत उहाँले संकेत गर्नुभयो । त्यस्तै मन्त्री बन पर्यटन तथा उद्योग मन्त्री नन्द सिंह वुढाले सवै मिलेर जनताका काम छिटो छरितो गर्नुपर्ने र परिवर्तनको आभास दिनुपर्ने बताए ।
त्यस्तै सांसद कृष्ण शाहले जिल्लाको विकासका लागि सवै जनाले सकरात्मक भुमिका खेल्नुपर्ने बताउनुभयो । जाजरकोटबाट सांसद बनेकी .शाहले जिल्लाको संमग्र विकासका लागि हाम्रा ईच्छा शक्ति समेत वदल्नुपर्ने कुरामा जोड दिईन् ।










