जुम्लामा अब बिपिएच अध्यापन हुने

जुम्ला ्र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा यसै वर्ष मंसिरदेखि ब्याचोलर इन पब्लिक हेल्थ ९बिपिएच अध्यापन सुरु हुने भएको छ । स्वास्थ्य व्यावसायिक परिषदको गत असोज ६ गते बसेको बैठकले बिपिएच कार्यक्रम सञ्चालन गर्न स्वीकृती दिएको हो ।

कार्यक्रमका लागि २० सिट निर्धारण गरेको प्रतिष्ठानका रजिष्टर विश्वराज काफ्लेले बताए । प्रतिष्ठानले एमडी एन जनरल प्राक्ट्रिस ९एमडिजिपी० अध्यापनका लागि सम्पूर्ण तयारी पुरा गरेको छ, काफ्लेका अनुसार केही दिनमै नेपाल मेडिकल काउन्सिललाई निरीक्षणका लागि पत्र पठाउने तयारीमा रहेको समेत जानकारी दिए ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको एउटै लक्ष्य भनेको अर्को वर्ष कर्णालीमा एमविविएस कार्यक्रम सुरु गर्नु हो, त्यसका लागि प्रतिष्ठानका पदाधिकारी तिब्र तयारीमा जुटीरहेको उनले बताए ।





error: Content is protected !!