प्रतिबन्धित हेलिकप्टर सिमकोट हुँदै नेपालगन्जमा पुग्यो

जाजरकोट ः नेपाल नागरिक उड्डयन प्राधिकरणले उडानमा प्रतिबन्ध लगाएको हुम्ला हिल्सामा रहेको मनाङ एयरको हेलिकप्टर आज विहान सिमकोट हुँदै नेपालगन्मा पु¥याइएको छ ।
मनाङको ९ एन–एएमभी कलसाइन भएको ६ सिटे एएस ३५० बिथ्री–ई सिरिजको हेलिकोप्टरलाई मंगलबार विहान श्री एयरको हेलिकप्टरले झुण्ड्याएर सिमकोट विमानस्थलमा पु¥याइएको सिमकोट विमानस्थलका निमित्त प्रमूख किरण दाहालले जानकारी दिए । प्राधिकरणले उडान प्रतिबन्त लगाएर पछि हिल्साको हेलिप्याटमै राखिएको हेलिकप्टर डेढ महिनापछि जिल्ला सदरमुकााम सिमकोट टेक अफगर्दे नेपालगन्जमा पु¥याइएको छ ।
गएको साउन २९ गते हुम्ला र चिनको सिमानामा रहेको हिल्सास्थित हेलिप्याडमा अवतरण गरेको मनाङको हेलिकोप्टरको पछाडिको पंखा लागेर एक जना भारतीय पर्यटकको घटनास्थलमै मृत्यु भएपछि प्राधिकरणल मनाङको हेलिकोप्टर लाई उडानमा प्रतिबन्ध लगाएको थियो ।
पछाडीका पंखाले लागेर भारतको मुम्बईका ४२ वर्षीय नगेन्द्रकुमार कार्तिक मेहताको घटनास्थलमै मृत्यु भएपछि नागरिउड्ययन कानुन अनुशार मनाङ उडानमा प्रबिन्ध लगाएपछि पहिलो पटक हेलिकप्टरद्धारा सिमकोटमा पुराएको सिमकोट विमास्थल प्रमूख दाहालले जानकारी गराउनु भयो । विमानस्थ प्रमुख दाहाले मनाङको हेलिकोप्टर लाई श्री एयरको हेलिकप्टरले झुण्ड्याएर नेपालगन्जमा पुराएको छ ।







