आमा समुह र प्रहरीको कुटाईमा शाही घाईते

जाजरकोट , (रासस)ः यहाँको नलगाड नगरपालिका वडा ८ कार्यखेतमा आमा समुह र प्रहरीको कुटाईबाट भीमकुमारी शाही घाईते हुनुभएको छ ।
मधिरा बनाएर विक्री वितरण गरेको आरोपमा मैदे प्रहरी चौकीबाट खटिएको प्रहरी टोली र आमा समुहले कुटपिट गर्दा शाही घाईते हुनुभएको स्थानीय प्रेमवहादुर खत्रीले बताउनुभयो । अहिले घाईते शाहीको रुकुम आठविसकोट राडी स्थीत श्रीनगर हस्पीटलमा उपचार भईरहेको खत्रीले बताउनुभयो । टाउँकोमा र शरिरमा चोट लागेर उपचार कार्य जारी रहेको श्रीनगर अस्पीटलका हेल्थ अशिष्टेन्ट सन्देश रेग्मीले बताउनुभयो ।
हिजो भन्दा आज अलि सुधार भएको रेग्मीले बताउनुभयो । मधिरा बनाएको आरोप लागेकी घाईते शाही लाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक कारबाही गर्नुका सट्टो आफै कुटपिटमा उत्रिनुले व्यक्तिगत रिसीवी साटीएको हुँन सक्ने अर्का स्थानीय नारायण खत्रीले बताउनुभयो ।
मैदे स्थित प्रहरी चौकीले सामान्य धकेला,धकेल भएको तर कुटपिट नभएको बताएको छ । जिल्ला प्रहरी कार्यालयका निर्मित प्रहरी प्रमुख ईन्द्रजीत सुनारले अनुसन्धान जारी रहेको बताउनुभयो ।










