सवैको अस्तित्व हुँन पानी र प्राणीको संरक्षण जरुरी

लेख बुढा, डोल्पा ।
पानी र प्राणीको सम्वन्ध नङ र मासु जस्तै भएको सामुदायिक वन उपभोक्ता महासँघ केन्द्रीय सदस्य हँस बहादुर शाहीले बताउनु भएको छ ।

अमेरिकी सहयोग नियोगको अर्थिक सहयोगमा भएको सन्चालन भएको जलिय प्राकृतिक स्रोत सुधार कार्यक्रमको डोल्पाको दुनैमा भएको बहुसरोकारवाला गोष्ठीमा शाहीले यस्तो बताउनु भएको हो । डोल्पा जिल्लामा ७ प्रतिशत भुभाग जंगलले ओगटेको र विस्तारै धेरै वनफडानीले गर्दा आउँदा दिनहरुमा ठुलो असर पर्ने शाहीले बताउनुभयो ।

डोल्पा जिल्लामा यार्सा गुम्वा संकलन गर्न जादा अव्यवस्थीत वसोवासले जलिय जीवहरुलाई र जलाधार क्षेत्रहरुलाई ठुलो असर परेको भन्दै उहाँले न्यूनिकरण तिर सवै लाग्नु पर्नेमा जो दिनुभयो । पानीलाई उचित स्वच्छ सफा तरिकाले व्यवस्थापन गर्ने सके यहाँको स्थानीयले धेरै लाभ लिन सकिने पनी उहाँले भनाई छ ।




सम्बन्धित समाचार


error: Content is protected !!