अवैद्य मेडिकलमा वन्द गर्न प्रशासनको चेतावनी

जाजरकोट , ७ असोज(रासस) ः गाउँ , गाउँमा अवैद्य मेडिकल सञ्चालन गरी जथाभावी औषधी गर्न थालेपछि यहाँको प्रशासनले वन्द गर्न कडा निर्देशन दिएको छ । जिल्लाका सात बटा स्थानीत तहमा कानुनी प्रक्रिया पुरा नगरी सञ्चालनमा रहेका औषधी पसल वन्द गर्न प्रशासनले उर्दी जारी गरेको हो ।

अवैद्य मेडिकलका नक्कली डाक्टरद्धार उपचार गरी विरामीको मृत्यू भएपछि प्रशासनले यस्तो कदम चालेको हो । जाजरकोटमा दुई सय भन्दा वढी कानुनी प्रक्रिया पुरा नगरी औषधी पसल सञ्चालन रहेका छन् । औषधी विक्री गर्नका लागि औषधी व्यवस्था विभाग संग अनुमती नलिएरै यहाँका मेडिकलले औषधी विक्री र विरामी जाँच गरी जथाभावी गर्न थालेपछि समस्य निम्तिदै आएको छ । सरकारी स्वास्थ्य संस्थामा विरामी जाँच गरी पुर्जीमा लेखिएको विवरणका आधारमा औषधी दिने काम औषधी पसलको हो । , तर यहाँका गाउँ , गाउँमा आफुखुसी औषधी विक्री , वितरण मात्र होईन , अधिकार नपाएको काम औषधी विक्रेताबाट भएपछि कडा कदम चाल्नु परेको प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिनुभयो ।

केही दिन अघि मात्र थलह वजारमा अवैद्य मेडिकलमा उपचार गर्न एक महिलाको मृत्यू भएपछि अहिले मुद्धा चलिरहेको छ । औषधी विक्री गर्न वसेको सिएमए पढेको व्यक्तिहरुले सुत्केरी सेवा , दाँत निकाल्ने , एक्सरे , प्रसुती सेवा समेत दिदै आएपछि कडा कदम चाल्नु परेको बस्नेतले बताउनुभयो । जाजरकोट सदरमुकाममा कति औषधी पसल छन् भन्ने एकिन नभएको जिल्ला स्वास्थ्य कार्यालय , जाजरकोटले जनाएको छ । अहिले डाटा संकलनको काम गरेर अटेर गर्ने औषधी पसल सञ्चालकलाई कारवाही गर्ने तयारी भएको प्रशासनको भनाई छ । औष्धी पसलमा कडा डोजका औषधी विरामीलाई सेवन गर्न लगाएर सरकारीमा पाईने औषधीले काम गर्न छाडेको जिल्ला अस्पताल , जाजरकोटले जनाएको छ । विरामीको उपचारका नामम लुट मलाई जनस्वास्थ्यमा गहिरो असर पुर्याएको आरोप प्रशासनले लगाएको छ ।

स्थानीय सरकार देखि जिल्ला प्रशासन सम्मले जाजरकोटमा भएका औषधी पसलको एकिन डाटा भने राखेको पाईदैन् । सदरमुकाममै हरेका औषधी पसलले औषधी विक्रीको नाममा अवैद्य कारोबारगदै आएको स्थानीयको आरोप छ । स्थानीय मेडिकलमा सवै भन्दा वढी अवैद्य रुपमा गर्भपतन गराउने अखडा बनेको स्थानीयको आरोप छ । मोटो रकम लिएर प्रतिवन्धित औषधी प्रयोग गरेर गर्भपतन गरिरहेको पाईएको हो ।




सम्बन्धित समाचार


error: Content is protected !!