मानव अधिकार नै विधीको शासन

सुकमाया थापा डोल्पा ः
यहाँका स्थानीय तह सम्म मानवअधिकार प्रत्यभुती गराई कार्यान्वयनमा ल्याउन एक कार्यक्रमका सहभागीले जोड दिएका छन् । सवै स्थानीय सरकार र त्यहाँका स्थानीयले मानव अधिकारका विषयमा जानकार हुनुका साथै आात्म साथ गर्नका लागि कार्यक्रममा सहभागीले जोड दिएका थिए । कर्डाक नेपाल डोल्पाको आयोजनामा जिल्ला स्थित सरोकारवाला निकायहरुको एक छलफमा मानव अधिकार र विधीको शासनका विषयमा व्यापक छलफ भएको हो ।

उक्त कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मी शर्माको संयोजकत्वमा जिल्ला स्थित गैर सरकारी संस्था, पत्रकार, नागरीक समाज तथा अन्य सरोकारवाला हरुको उपस्थिति मानव अधिकारका विषयमा छलष्m गरेका थिए । मानव अधिकारको कार्यान्वय नभर सम्म सवै आम नागरिकले राज्य छ भन्ने प्रत्यभुती नहुँने कुरामा जोड दिएका थिए ।
उक्त कार्यक्रममा जिल्लामा भएका विभिन्न सरोकारवाला निकायहरुको सेवा प्रवाह तथा भुमिका तथा सेवाग्राहीको धारणा र अबस्थाका बारेमा अन्तरकृया भएको किर्डाक नेपाल डोल्पाका कार्यक्रम संयोजक ओम बहादुर चन्दले जानकारी दिनुभयो ।

जिल्लामा रहेको मानव अधिकारको विभिन्न सरोकारहरुहलाइ आत्मसाथ गर्दै सम्पुर्ण सरोकारवालाहरुले अधिकारको मात्र बिषयमा मात्र नभएर कर्तव्यको विषयलाई समेत संग संगै लैजानु पर्ने कुरा सहायक प्रमुख जिल्ला अधिकारीले जोड दिनुभयो । त्यसै गरी एउटाले कर्तव्य निर्वाह नगर्दा अर्काको अधिकार हनन हुने भएकाले पनि अधिकार र कर्तव्यको कुरालाई छुटाउन नहुने बिषयमा समेत सहायक प्रमुख जिल्ला अधिकारीले जोड दिनुभयो ।




सम्बन्धित समाचार


error: Content is protected !!