बिरामीको हेरचाहमा नर्सको भूमिका

काठमाडौं ्रबिरामीका लागि नर्स एक साथी हो । आफ्ना परिवारजनलाई भन्न नसकेको समस्या बिरामीले नर्सलाई सुनाउने गर्छन् । बिरामीको विश्वास जित्न नर्सलाई त्यति सजिलो भने छैन । बिरामीको समस्या बुझ्न उनीहरूले सुनाएका कुरा ध्यानपूर्वक सुन्न सक्ने सहनशील गुण पनि नर्समा आवश्यक पर्छ । डाक्टरहरूले बिरामीको रोग पत्ता लगाउने र औषधिको नाम लेख्ने मात्रै हो । औषधिलाई सही तरिकाले बिरामीसम्म पुर्याउने मुख्य काम नर्सकै हो । बिरामीको हेरचाहबारे नर्स राधिका सापकोटा यसो भन्छिन् स्
एउटा नर्सले बिरामीको अवस्था हेरेर उनीहरूसँग आत्मीय सम्बन्ध स्थापित गर्नुपर्छ ।
अस्पतालमा कार्यरत नर्स बिरामीसँग सधैँ हँसिलो र उज्यालो अनुहारमा प्रस्तुत हुनुपर्छ ।
(नर्सले बिरामीकुरुवालाई धैर्यसँग सुन्ने र भन्ने वातावरणको विकास गर्नुपर्छ ।
(एउटा सफल नर्सले जीवनभर भुल्न नहुने कुराहरू ठीक बिरामी, ठीक औषधि, ठीक समय, ठीक मात्रा, ठीक तरिका हो । साथै, सही रेकर्ड राख्न पनि नर्सले ध्यान दिनुपर्छ ।
(सबै बिरामीमा आफ्नो रोगबारे जानेर बुझ्न सक्ने क्षमता र साहस हुँदैन । त्यसैले पहिला बिरामीसँग परामर्श गरेर सुन्न सक्ने र बुझ्न सक्ने बनाउनुपर्छ । नर्स एक असल परामर्शदाता पनि बन्न सक्नुपर्छ ।
(औषधिले भन्दा पनि ५० प्रतिशत रोग नर्स, डाक्टर र अस्पतालको वातावरणले निको हुने हुनाले यी कुरामा नर्सले ध्यान पुर्याउनुपर्छ ।
(बिरामीको अवस्था हेरेर बेहोसी अवस्थामा रहेको बिरामीको विशेष प्रकारले ध्यान राख्नुपर्ने हुन्छ ।
(बेडमा बसेको बिरामीको पोजिसन समय–समयमा परिवर्तन गर्नुपर्छ ।
(समय मिलाएर नुहाउने, मुख, धुने, ब्र्रस गर्ने जस्ता बिरामीको नियमित सरसफाइमा ध्यान दिनुपर्छ ।
(बिरामीको रोगको प्रकार हेरेर नर्सिङ कोर्स दिनुपर्छ ।
(डिस्चार्ज भएर घर जाने समयमा सबै बिरामीलाई डाक्टरले लेखेको पुर्जा हेरेर औषधि खाने समय, कति खाने, कतिपटक खाने भन्ने बुझाउन सक्नुपर्छ ।
(अस्पतालमा अर्कोपटक जाँचका लागि कहिले, के लिएर आउने भन्ने कुरा राम्रोसँग बिरामी र उनका आफन्तलाई सम्झाउनुपर्छ ।
(डाक्टरको स्थान नर्स र नर्सको स्थान डाक्टरले लिन सक्दैनन् । धेरैको सोचाइ हुन्छ कि नर्सको काम भनेको बिरामीलाई बेडमा राख्ने, डाक्टरको पुर्जाअनुसार औषधि दिने मात्र हो ।
(नर्स भनेको अस्पतालको मेरुदण्ड हो । अस्पताललाई निरन्तर सञ्चालन गर्न नर्सहरूले आफ्नो तर्फबाट सक्दो सहयोग गर्नुपर्छ ।










